आइतबार १२ आषाढ २०७९

काठमाडौं । विभिन्न हलहरुमा प्रदर्शन भइरहेको ‘कबड्डी ४’ चलचित्र रोकेर काँटछाँट तथा हेरफेर गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

काठमाडौं महानगर– १५ मा बस्ने ३९ वर्षीय रोविनकुमार लामाले सोमबार चलचित्र जाँच समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयविरुद्ध ‘कबड्डी ४’ चलचित्रको प्रदर्शन रोकेर काँटछाँट तथा हेरफेर गर्न उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा भनिएको छ, ‘ ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित चलचत्रिको कथावस्तु तथा प्रस्तुतीले बौद्ध धर्मालम्बी लामा (भिक्षु), वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर असर पुर्याइएको उजुरी पत्रमा भनिएको छ ।

 

भैरहवा-नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुद्घ जन्म स्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।पद्म चैत्य बिहारको १ सय ८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार समुद्घाटन गर्दै देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताए ।

बिस १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौबाट बुटवल आएर बुद्घप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्घ चैत्य स्थापना गरेको भन्ने ईतिहास रहेको छ । पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपुर्वक निर्माण र ढलोटको बुद्घमुर्ति स्थापना गराएका बिहारका संरक्षक बिमल बहादुर शाक्यले बताए । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उनले बताए । बिसं २०५४ सालमा स्थानिय निर्वाचन पछि बिहारलाई थप सौन्दयीकरण गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरि विहारको स्थापना भएको बताए ।देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पुजा, दर्शन गर्ने गरेको उनले बताए । पद्म चैत्य बिहारमा तिर्थयात्रीहरुको चाप बढ्दै गएपछि दक्षिणतर्फको जग्गा स्थानिय समाजसेवीबाट दान प्राप्त भएको उनले बताए । करीब डेढ कठ्ठा जग्गामा बिहारको पुर्वाधार तयार भएको छ । बौद्ध स्तुपा स्थापना साथै बौद्ध पुस्तकालयलाई थप ब्यवस्थित गर्ने योजना रहेको उनले बताए ।

देशविदेशबाट बुद्धजन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई पुजाआजा र गासबासको निशुल्क सेवा दिदै आएको बुटवलको पद्य चैत्य बिहारको स्तरोन्नती गरिएको छ । पर्यटकहरुको चाप बढ्दै गएपछि बिहारमा थप भवन निमार्ण गरिएको हो । बुटवलका एक समाजसेवीदाताबाट प्राप्त भएको ११ धुर जग्गामा सुविधासम्पन्न ३ तल्ले भवन निर्माण गरिएको हो ।

बिहार निर्माणका लागि नेपाल सरकार, तराइ मधेस समृद्ध कोषबाट ५० लाख रुपैया, बुटवल उपमहानगरपालिकाबाट १४ लाख ४३ हजार ३ सय ९९ रुपैयाका साथै धेरै दाताहरुको सहयोगमा करीब १ करोड २४ लाख ७४ हजार २ सय ७९ रुपैया लागतमा पुर्वाधार तयार भएको महासचिव दिपक बहादुर बज्राचार्यले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व जनसंख्या तथा स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, सासद डा पुरन बज्राचार्य, निवर्तमान उपमेयर शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवि आचार्य, नेकपा एमाले प्रदेश कमिटिका सदस्य ज्ञानु केसी, भन्ते वजिरश्री महाअष्टबिर, ज्ञानेन्द्र, कबिन्द्र, महेन्द्र, सल्लाहकार जीवन ओझा, बाबुकाजी शाक्य, आनन्द भगत शाक्यले विहार अन्तरगत विभिन्न उपसमितिहरु गठन भएका छन । देशभरमा रहेका १ सय २२ वटा समुहले बौद्ध दर्शन दर्शाउने भजन, धर्मदेशना दिने बौद्ध युवा ज्ञानमाला संघ गठन भएको अध्यक्ष रमना श्रेष्ठले बताईन ।

 


Last Updated on: June 13th, 2022 at 7:30 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया