शुक्रबार १२ आश्विन २०८०

विवाहको रमझममा पुगेका एक दम्पत्तीको यसरि भयो दु:खद मृत्यु
June 6, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । विवाहको रमझममा पुगेका एक दम्पत्तीले एक महिनाको बिचमा संसार छोडेकाछन् । पाल्पा बगनासकाली गुगाका स्थानिय वुटवलमा बस्दै आएका थिए । बुटवल तिलोब्त्तमा जोगिकुटी शान्तिपथमा रहेको गणेश वस्याल र उनको श्रीमती पुतलाले एक महिना भित्रै संसार छोडेका हुन् ।

केही दिन अघि उनीहरु पाल्पा अर्घेलीमा आयोजना गरिएको वैवाहिक कार्यक्रममा गएका थिए । विवाहमा गएर आएपछि दुवै जनाको स्वास्थ्यमा समस्या देखियो । सास फेर्न कठिन भएपछि स्वास्थ्य जाँच गारइयो । सास फेर्न समस्या भए पछि श्रीमान गणेश बस्याल लाई कोरोना बिशेष अस्पताल, धागो कारखाना बुटवलमा लगियो तर उपचाररत हुदै गर्दा बैसाख २९ गते उनको निधन भयो ।

अस्वस्थ्य भएर आइसोलेसनमा भएकी उनकी श्रीमतीलाई श्रीमानको निधनको वारेमा जानकारी दिइएको थिएन । तर श्रीमती को पनि स्वास प्रसास मा समस्या हुदै गएर अक्सिजन लेबल ८८ बाट तल जान थाले पछि उनलाई एम्बुलेन्स मार्फत बैसाख ३० गते पोखरा स्थित चरक अस्पताल मा लगिएको थियो ।

चरक अस्पताल पोखरा मा रहदै गर्दा उनले पटक पटक बुटवल भर्ना आफ्नो श्रीमान लाई कस्तो छ भनेर कुरुवा संग सोधी रहेकी थिइन् । उनलाई श्रीमानको निधन भएको बारे जानकारी थिएन । त्यसैले उनलाई स्वास्थ्यमा सुधार भइरहेको छ तर बोल्न मिल्दैन भनिएको थियो । तर करिब २२ दिन आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्य मा सुधार नआए पछि उनलाई हेलिकोप्टर चार्टर गरि जेठ २१ गते काठमाडौँ स्थित ह्याम्स हस्पिटल लगिएको थियो ।

तर २२ गते राती करिब १२ बजे उनको निधन भयो । श्रीमान वितेको २५ दिनमै श्रीमतीको पनि निधन भएको हो । दुवै जना ५९ वर्षका रहेको र उनीहरुको कुनै सन्तान भएका कारण शान्ति पथ स्थित घर सुनसान भएको आफन्तले जनाएका छन् ।


Last Updated on: June 6th, 2021 at 4:07 pm
५३० पटक हेरिएको

तपाईको प्रतिक्रिया