आइतबार १४ आश्विन २०८०

महिलाले थापेकी थिइन् पा सो, पछि आफैं परिन्

महिलाले थापेकी थिइन् पा सो, पछि आफैं परिन्

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
मानिसको काल कतिबेला कुन रुपमा आउँछ थाहा हुँदैन । यस्तै एक घटना सप्तरीमा भएको छ । तरहीकी इनरदेवीका घरमा पाहुना आएका थिए ।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

बेलुकाको भात भान्साको जोहो गर्ने उनकै जिम्मा थियो । उनी पाहुना र आफ्नो लागि तरकारी टिप्न बारीमा गइन् । तर सकुशल फर्केर घर आउन पाइनन् ।

यो घटना सुन्दा नै अचम्मको छ । उनी पाहुनाका लागि तरकारी टिप्न खेत गएकी थिइन् । तर इनरदेवीको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ । सप्तरीको डा’क्नेश्वरी नगरपालिका–३ तरहीका रामबृक्ष रायकी श्रीमती ५५ वर्षीया इनरदेबी रायको बिहीबार करेन्ट लागेर मृत्यु भएको थियो ।

उक्त स्थानमा सुँगुर, स्याललगायतका जनवारबाट तरकारीबालीको क्षति हुने गरेको थियो । तरकारीको सुरक्षार्थ बिछ्याइएको बिजुलीको तारमा करेन्ट थियो तर इनरदेवीलाई त्यो कुरा थाहा भएन ।

घरमा पाहुनासँग श्रीमान् बसिरहेको बेला इनरदेबी तरकारी टिप्न खेत गएकी थिइन् ।

अन्य दिन श्रीमान रामबृक्ष रायसँग उनी तरकारी खेत जाने गरेकी थिइन् । केही दिन अगाडि पा सो मा परेर एउटा स्यालको मृत्यु भएको गाउँलेहरूले जानकारी दिए ।

घटनास्थलमै मृत्यु भएको महिलाको शवलाई पोष्ट मार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको समाचार अन्नपूर्ण पोष्टमा छ । पुरानो तस्वीर


Last Updated on: June 6th, 2021 at 4:09 pm
४६० पटक हेरिएको

तपाईको प्रतिक्रिया