बिहिबार ११ आश्विन २०८०

कोरोना संक्रमणका कारण नर्सिङ शिक्षक शाक्यको निधन, केही वर्ष पहिले गरिएको थियो मिर्गौला प्रत्यारोपण
June 6, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं- कोरोना संक्रमणका कारण नर्सिङ शिक्षक नेसुम शाक्यको निधन भएको छ । शाक्यको विराट हेल्थ साइन्सको अस्पतालमा उपचारका क्रममा शनिबार राती उपचारका क्रममा निधन भएको हो ।

शाक्यको केहो वर्ष पहिले विराट हेल्थ साइन्सको अस्पतालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो। शाक्यको निधनपछि नर्सिङ संघले विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ। संघले दिवांगत आत्माको चिरकान्तीको कामना गरेको छ।

यो पनि , उपचारका क्रममा चार सङ्क्रमितको मृत्यु- कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।


Last Updated on: June 6th, 2021 at 7:41 pm
४६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया