आइतबार १४ जेठ २०८०

४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घ,टना, ७५ जना घा,इते
June 6, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
चितवन । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घ,टनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घा,इतेसमेत भएका थिए ।

घ,टना स्थलमा ३९ जनाको मृ,त्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृ,त्यु भएको हो । मृ,तकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो ।

लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका–९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दु,र्घटनामा पर्नुभएको थियो । दु,र्घटनामा परी उहाँको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । विकले भन्नुभयो “हामीले अहिलेसम्म पनि न्याय पाउन सकेनौँ ।”


Last Updated on: June 7th, 2021 at 12:56 am
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया