आइतबार १२ आषाढ २०७९

विराटनगरः मोरङको कटहरीमा गुडिरहेको बसमा एक व्यक्तिले बोकेको एसिड पोखिएर लाग्दा पाँच जना घाइते भएका छन् ।
को१ख ३९८१ नम्बर यात्रुबाहक बसमा एसिड पोखिएपछि एकजना सह–चालक र चारजना यात्रु घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सुनवर्षी नगरपालिका ४ का २२ की निता राजवंशी, धनपालथान ५ का ४२ वर्षीय ओमनारायण राजवंशी, भोजपुर घर विराटनगरमा बस्दै आएका र सहचालक २० वर्षीय विनोद परियार, सुनसरीको बराहा नगरपालिका ८ चकरघट्टीका ४० वर्षीय सुमित्रा उराँव र सुनवर्षी नगरपालिका ९ डाइनियाका २२ वर्षीय सविया खान घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

घाइते हुनेहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । एसिड लागेर टाउको, घाँटी, हात र खुट्टाको छाला पिल्सिएको छ ।
मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एक जना यात्रुले बोतलमा एसिड बोकेको र सो बोतल फुटेपछि एसिड लागेर उनीहरु घाइते भएका हुन् ।

सो एसिड कटहरी–४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले बोतलमा एसिड बोकेका थिए । बसका चालकले ब्रेक लगाएपछि हात थिचिएर बोतलको बिर्को खुलेको पाइएको प्रहरीले जनाएको छ । अहिले ती व्यापारी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।[][]


Last Updated on: June 21st, 2022 at 8:54 pm
३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया