आइतबार १२ आषाढ २०७९

रान । झापाको कोरतुवा खोलामा बाढी आउँदा २५ घर डुबानमा परेका छन् भने १३ घर परिवार विस्थापित भएका छन् l

अविरल वर्षाका झापाको रतुवा खोलामा आएको बाढीले जमिन कटान स्थानीको घर डुबान तथा कटान गरेको हो ।

बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा कटान गर्दा १३ घर विस्थापित भएको प्रहरीले बताएको छ ।

विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ।

उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थान र आफन्तको घरतर्फ सारिएको जनाइएको छ ।

त्यस्तै, सोही खोलामा आएको बाढी आज बिहान गौरादह नगरपालिका–६ स्थित टङ्गुवा बस्तीमा पसेको छ । बाढी पसेपछि त्यहाँका २५ घर डुबानमा परेका छन् ।

बस्तीमा करिब दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह विस्तारै क्रमशः घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ।[][]


Last Updated on: June 22nd, 2022 at 8:19 am
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया