आइतबार १२ आषाढ २०७९

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले ।

‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो ।

दर्शक पछिल्लो समय ‘पुष्पा २ : द रुल’ को प्रतीक्षामा छन् । फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ।

यसको दोस्रो भागमा पुष्पाकी श्रीमती बनेकी रश्मिका मन्दना अर्थात् श्रीवल्लीको मृत्यु हुने बताइएको छ ।उनलाई फिल्मका खलनायक फहाद फसिलले मार्ने हल्ला सामाजिक सञ्जालमा छ ।

तर यसको औपचारिक पुष्टि अहिलेसम्म नभएको बलिउड लाइफले जनाएको छ। पोर्टलको अनुसार यो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।[][]


Last Updated on: June 22nd, 2022 at 7:16 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया