आइतबार १२ आषाढ २०७९

अर्घाखाँचीमा बालिकालाई फकाई यौ न क्रियाकलापमा सं लग्न गराउने व्यक्तिहरु पक्राउ परेका छन । नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र क रणी गर्ने शितगंगा नगरपालिका वडा नम्बर १४ का २२ वर्षिय ओम प्रकाश न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षिय बालिकालाई चाउचाउ, बिष्कुट खुवाउने लोभमा नाताले हजुरआमा पर्ने महिलाको घर र जगंलमा ज वरज स्ती क रणी गर्ने न्यौपाने र करणीवापत युवकसँग महिलाले पैसा लिने गरेको भनि उजुरी परेकाले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती क रणी कसुरको मुद्दा दर्ता गरि ६ दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरि, १६ वर्षीया बालिकालाई अ पहरण गरेर ज बर्जस्ती क रणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् ।

पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका-७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका-१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर बन्धक तुल्याई ज बर्ज स्ती क रणी गरेको आरोप छ ।

ज बर्ज स्ती क रणी तथा मानव बेचबिखन तथा ओसारपसारसमेतको कसूर गरेको र अ पहरण, शरीर बन्धक, ज बर्ज स्ती क रणी तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई ३ असारमा कलैया उपमहानगरपालिका-५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्साररीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशनुसार पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।[][]


Last Updated on: June 23rd, 2022 at 8:21 am
२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया