शनिबार ११ आषाढ २०७९

बालेन र कुलमानले एकसाथ गरे यस्तो कमाल, अब देखिने भयो काठमाडौं राजधानी जस्तो.., (भिडियाे हेर्नुस्) बालेन र कुलमानले एकसाथ गरे यस्तो कमाल, अब देखिने भयो काठमाडौं राजधानी जस्तो | [][]

पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्[][]

पेट्रोलको भाउ बढेपछि साइकलमा बेहुला – बेहुली सहित जन्ती लिएर हिडेको तस्विर अहिले भाइरल बनेको छ ।

यो भाइरल तस्विर कुनै दशेको नभइ नेपालकै तनहु जिल्लाको रहेको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्र्याएका छन् ।

भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला विनोद सापकोटाले बताए ।

बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौली पुगेका थिए । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए ।

बेहुला सापकोटा साईकलका खेलाडी समेत रहेका छन् । इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको बेहुलाका भिनाजुले बताए ।

बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्नेहरुको भीड जम्मा भएको थियो ।[][]


Last Updated on: June 23rd, 2022 at 5:40 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया