शनिबार ११ आषाढ २०७९

बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दु”र्घटनामा मृ”तक र घा”इतेहरूको पहिचान खुलेको छ । मृ”त्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् ।

उनको घ”टना स्थलमै मृ”त्यु भएको थियो । बा झ ८७८४ नम्बरको बोलेरो जीप दुर्घ”टना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीका अनुसार दु”र्घटनामा परेर रुकुम पश्चिमको चौरजहारी ३ निवासी २८ बर्षका इन्जिनियर धर्मराज बुढोथोकीको ज्यान गएको छ ।

जिप सडकबाट करिव २० मिटर तल खसेको बताईएको छ । अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दु”र्घटनामा परेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो ।

दु”र्घटनामा ज्यान गु”माउनुभएका बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँ गत जेठ २७ गतेका दिन लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट जल विज्ञान सहायक पदमा सिफारिस हुुनुभएको थियो ।

साथै घा”इते हुनेमा अछामको तर्माखाद-२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चो”ट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ ।

यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका-२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका-२ कैलालीकी सरस्वती विष्ट रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिल्लो मोडमा दु”र्घटनामा परेको थियो ।बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।[][]


Last Updated on: June 23rd, 2022 at 7:39 pm
१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया