शनिबार २३ मंसिर २०८०

अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने क्रममा बुधबार बेहोस भएकी छिन्। पौडी पोखरीभित्रै बेहोस भएकी उनलाई प्रशिक्षकले उद्दार गरेकी थिइन्। उनले आफू जीवित रहन पाउँदा भाग्यमानी महसुस गरेको बताएकी छिन्।

२५ वर्षीया सिङ्क्रोनाइज विधाकी पौडीबाज अल्भारेज महिला एकल फ्री इभेन्टको फाइनलमा प्रतिस्पर्धा गर्दैगर्दा बेहोस भएर हंगेरीको बुडापेस्टस्थित पोखरीको तल्लो भागमा डुबेकी थिइन्।

उनकी प्रशिक्षक एन्ड्रिया फुएन्टेस तत्काल पानीमा हाम फालेर अरू व्यक्तिको सहयोगमा उनलाई उद्दार गरेका थिए। जबकि यो दृष्य लाइफगार्डहरूले हेरिरहेका थिए।

पौडी पोखरीबाट उद्दार गरेपछि अल्भारेजको तुरून्त होस आएको थियो। तत्काल प्राथमिक उपचार गरेपछि उनी सामान्य अवस्थामा फर्किएकी थिइन्।उनी पोखरीमै बोहोस भएको यो दोस्रो पटक हो।

गत वर्ष बार्सिलोनामा भएको ओलम्पिक छनोटमा पनि २५ वर्षीया अल्भारेज बेहोस भएकी थिइन्। त्यहाँ पनि उनलाई प्रशिक्षक फुएन्टेसले नै उद्दार गरेकी थिइन्।

जापानका युकिको इनुईले जितेको बुधबारको एभेन्टमा अल्भारेज सातौं स्थानमा रहिन्। प्रायः सिङ्क्रोनाइज्ड पौडीबाजले एक पटकमा एक मिनेट भन्दा बढीको लागि आफ्नो सास रोक्न आवश्यक छ। जसका कारण अनितालाई समस्या आएको थियो।[][]


Last Updated on: June 23rd, 2022 at 9:04 pm
४५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया