
विराटनगरः विराटनगरमा रहेको एक मिलमा कार्यरत मजदुरको मृत्यु भएको छ ।
विराटनगर–१७ मा रहेको रघुपति जुट मिलमा कार्यरत राजो कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
बिहीबार काम गर्दैगर्दा मेसिनमा बायाँ हात अडकिएको पुगेको र कुमबाट पूरा काटिएको प्रहरीले जनाएको छ ।
काटिँदा उनमा अत्याधिक रक्तश्राव भएको थियो ।
अन्य कामदारले मेसिन बन्द गरेर उनलाई मेसिनबाट निकालेपछि उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि विराटनगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।[[]