सोमबार २३ साउन २०७९

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बिहिबारबाट अवरुद्ध भयो । विवाहको साइत जुराएर दुलही लिन जान लागेका धेरै बेहुलाहरु रोकिए । भावी पत्नीलाई लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि थिए । उनीहरु कसैले फेसबुक लाईभ गर्दै थिए भने कसैले बिभिन्न कुराहरु गरेका थिए ।

स्याङ्जा टक्सारका कुलदीप पौडेल बेहुली लिन बिहीबार बिहान ९ बजे जन्तीसहित हिँडे। विवाहको साइतभन्दा उनी ढिलो पुगे। बेहुलीको घर भरतपुर महानगरपालिका ९ शरदपुर दिउँसो पुग्नुपर्नेमा मध्यरातको १२ बज्यो। विवाह कार्यक्रम सकेर बिहान ४ बजे फर्किंदा फेरि जाममा परे। पहिरो हटाएर बाटो खुल्ने पर्खाइमा रहेका नवदम्पतीले गाडीमै बसेर दिन कटाए।

घरबाट जन्ती प्रस्थान गरेको ३६ घण्टामा पनि बाटोमै थिए। कहिले कति बेला पुग्ने हो थाहै छैन पौडेलले भने प्रकृतिसँग त कसको के लाग्छ र  तैपनि छिटो पहिरो हटाउने व्यवस्था नहुँदा दुस्ख पायौं। बेहुला बेहुलीको पोसाकमा सजिएकाले गाडीबाट बाहिर निस्केका थिएनन्। हिजो बिहानको बिहे आजसम्म बाटोमै छौं,

बेहुली सुस्मिता रानाभाटले भनिन् पहिरोले विवाह नै बिचल्लीको बनाइ दियो।’ इच्छाकामना गाउँपालिका ६ पाँचकिलो र चारकिलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। यात्रुहरू चारकिलोको पहिरो कति खेर हट्ला भनेर पर्खिरहेका थिए।

सवारी साधनको जाम लामो थियो। बिहीबार बिहान ९ बजे निस्किएका जन्ती शुक्रबारसम्म सडकमै थिए। पहिरोले बाटो थुनेपछि रोकिएका उनीहरूको एकदिने विवाह दुई दिनको भयो।

पहिरोले बिजोग बनाएको अर्को जोडी भेटियो कास्कीका किरणराज सिग्देलको। पोखरा महानगरपालिका ३२ मालेपाटनका सिग्देलको बुटवल–१२ तामनगरकी इना पौडेलसँग बिहीबार विवाह भएको हो। बाटोकै कारण अभिभावकले नारायणगढमा आएर विवाह गरिदिए। माइती पक्ष बुटवल पुगिसक्दा उनीहरू नारायणगढ मुग्लिन सडकखण्डमा रोकिए।

छिटो जान पाएको भए समयमा काम सकिन्थ्यो होला सिग्देलले भने हामीले मात्रै होइन जन्तीले पनि दुस्ख पाए। बिहीबार राति बेहुलीकहाँ पुगेर विवाह गरेर फर्किंदा शुक्रबार बिहान ३ बजेको थियो। फर्कने क्रममा बाटोमा पहिरो खस्यो। बाटोकै कारण विवाह पनि एक दिन ढिलो भयो इनाले भनिन् उहाँहरू पुगिसक्नुभयो आत्तिनुभएको छ। यही छौं भनेर जानकारी गराएको छु।

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड बिहिबारबाट अवरुद्ध भयो । विवाहको साइत जुराएर दुलही लिन जान लागेका धेरै बेहुलाहरु रोकिए । भावी पत्नीलाई लिन जान लागेका बेहुलाहरु नारायणगढ मुग्लिन सडकखण्डमा रोकिएपछि चिन्तामा पनि थिए । उनीहरु कसैले फेसबुक लाईभ गर्दै थिए भने कसैले बिभिन्न कुराहरु गरेका थिए ।

स्याङ्जा टक्सारका कुलदीप पौडेल बेहुली लिन बिहीबार बिहान ९ बजे जन्तीसहित हिँडे। विवाहको साइतभन्दा उनी ढिलो पुगे। बेहुलीको घर भरतपुर महानगरपालिका ९ शरदपुर दिउँसो पुग्नुपर्नेमा मध्यरातको १२ बज्यो। विवाह कार्यक्रम सकेर बिहान ४ बजे फर्किंदा फेरि जाममा परे। पहिरो हटाएर बाटो खुल्ने पर्खाइमा रहेका नवदम्पतीले गाडीमै बसेर दिन कटाए।

घरबाट जन्ती प्रस्थान गरेको ३६ घण्टामा पनि बाटोमै थिए। कहिले कति बेला पुग्ने हो थाहै छैन पौडेलले भने प्रकृतिसँग त कसको के लाग्छ र  तैपनि छिटो पहिरो हटाउने व्यवस्था नहुँदा दुस्ख पायौं। बेहुला बेहुलीको पोसाकमा सजिएकाले गाडीबाट बाहिर निस्केका थिएनन्। हिजो बिहानको बिहे आजसम्म बाटोमै छौं,

बेहुली सुस्मिता रानाभाटले भनिन् पहिरोले विवाह नै बिचल्लीको बनाइ दियो।’ इच्छाकामना गाउँपालिका ६ पाँचकिलो र चारकिलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। यात्रुहरू चारकिलोको पहिरो कति खेर हट्ला भनेर पर्खिरहेका थिए।

सवारी साधनको जाम लामो थियो। बिहीबार बिहान ९ बजे निस्किएका जन्ती शुक्रबारसम्म सडकमै थिए। पहिरोले बाटो थुनेपछि रोकिएका उनीहरूको एकदिने विवाह दुई दिनको भयो।

पहिरोले बिजोग बनाएको अर्को जोडी भेटियो कास्कीका किरणराज सिग्देलको। पोखरा महानगरपालिका ३२ मालेपाटनका सिग्देलको बुटवल–१२ तामनगरकी इना पौडेलसँग बिहीबार विवाह भएको हो। बाटोकै कारण अभिभावकले नारायणगढमा आएर विवाह गरिदिए। माइती पक्ष बुटवल पुगिसक्दा उनीहरू नारायणगढ मुग्लिन सडकखण्डमा रोकिए।

छिटो जान पाएको भए समयमा काम सकिन्थ्यो होला सिग्देलले भने हामीले मात्रै होइन जन्तीले पनि दुस्ख पाए। बिहीबार राति बेहुलीकहाँ पुगेर विवाह गरेर फर्किंदा शुक्रबार बिहान ३ बजेको थियो।

फर्कने क्रममा बाटोमा पहिरो खस्यो। बाटोकै कारण विवाह पनि एक दिन ढिलो भयो इनाले भनिन् उहाँहरू पुगिसक्नुभयो आत्तिनुभएको छ। यही छौं भनेर जानकारी गराएको छु।[][]


Last Updated on: June 25th, 2022 at 1:08 pm
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया