
जन्ती जाँदा बे, प, त्ता भएका १४ वर्षीय बालकको श’ब् गा’;डिएको अवस्थामा १८ दिनपछि भेटिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित गाउँमै आएको जन्तीमा भोजखान गएका बाराको भलुही निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेन मियाँ मन्सुरीको श’;ब जन्ती भोज खाएको भन्दा झन्डै दुई किलोमिटर पर खेतमा गा;डिएको अवस्थामा फेला परेकोहो। उनी परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन्।
फागुन ११ गते रातिको करीब ११ बजेदेखि ह;राएका बालकको शब खेतमा खाल्टो ख;नेर गा;डिएको तर एउटा खु;ट्टा पु;रिएको र अर्को खुट्टा बा;हिर नि;स्किएको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। बा;लकको श;ब फे;ला परेकों सुचना पाएर घ;टनास्थल पुगेको प्रहरी टोलीले श;ब स;डेग;लेको अवस्थामा फे;ला परेको थियो।
त्यसपछि आवश्यक अनुसन्धानका लागि प्रहरीले प्रादेशिक प्रहरी कार्यालय बर्दिवासको डग शाखाबाट झिकाइएको तालिम प्राप्त कुकुर परिचालन गरेको थियो। तर प्रहरीले खासै सुराक दिन नसकेपछि प्रहरीले अनुसन्धानका अन्य बिधि शुरु गरेको प्रहरीले जानकारी दिएको छ। बालकका बुवा जाकिर हुसेनले भोज खान आफूसँगै छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढिलो गरेपछि त्यही छोडेर घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खोजी कार्यमा लागेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले कपडाको आधारमा बालकको परिवारले श;वको पहिचान गरिएको बताउँदै भने, ‘श;वको प्रकृति हेरि जाँच मुचुल्का तयार गरि गाउँघरमा बुझ्ने कार्य भइरहेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने र दोषीलाई चाँडै पत्ता लगाएर कानूनी कारवाहीको दायरामा ल्याइनेछ ।’
यो पनि पढ्नुहोस;-नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् । विश्वका धनीहरुको सूची प्रकाशित गर्ने हुरुन ग्लोबल रिच लिष्ट २०२१ मा चौधरीको कुल सम्पत्ति २.५ विलियन डलर देखाएको छ । यस अघि सन् २०२० को हुरुनकै रिच लिष्टमा चौधरीको कुल सम्पती १.७ विलियन डलर मात्रै देखाएको थियो ।
यसैगरी सन् २०१९ को लिष्टमा पनि चौधरीको सम्पत्ति १.७ विलियन डलर नै रहेको देखाएको थियो । तर कोरोनाको समयमा भने चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेको तथ्याङ्कले देखाएको छ । हुरुन लिष्ट अनुसार कोरोनाको समयमा चौधरीको सम्पत्तिमा उच्च वृद्धि भएसँगै विश्वभरका धनीहरुको सूचीमा समेत छलाङ मारेका छन् ।
हुरुन लिष्ट सन् २०२० अनुसार चौधरी विश्वका धनीहरुको सूचीमा १६९२ औं स्थानमा रहेकोमा सन् २०२१ मा प्रकाशित लिष्ट अनुसार १९५ माथि उक्लिदै १४९७ स्थानमा आईपुगेका छन् ।
नेपाली कांग्रेसका समानुपातिक तर्फबाट सांसद समेत रहेका चौधरीको मुख्य गरि चाउचाउ उद्योग र होटेलमा लगानी रहेको छ । यसबाहेक इलेक्ट्रोनिक्स र बैंक तथा वित्तीय सस्थामा पनि चौधरीको लगानी छ । उनी चौधरी समूह अर्थात सीजी ग्रूपका अध्यक्ष पनि हुन ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट