सोमबार २३ साउन २०७९

धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् । धरान–१५ बाट आएका दुर्गा मगरले श्रमदान गर्दा धरानबासीले पानी खान पाउने भएपछि यहाँ आएर जाँगर देखाएको बताए । धरान–६ पानबारीकी समला राईले आफूले पनि सहयोग होस् भनेर स्वतस्फुर्तरुपमा आइपुगेको बताइन् ।

धरान–१७ निवासी गायक एवं पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष भक्तिराज राईले अघिल्लो शनिबार पनि श्रमदान गर्न पुगेको र यो शनिबार पनि श्रमदानका लागि पुगेको बताए । उनले त्यहाँ गिटी कुटेर फर्किएको बताए ।

उनले ट्याङकी निर्माण नहुञ्जेलसम्म आफूले जनश्रमदान गरिरहने बताए ।
शनिबार सयौं जनता जनश्रमदानका लागि पुगेका थिए । धरान–६ पानबारी, धरान–१६, धरान–१५, धरान–८, धरान–१०, धरान–११, धरान–१७ का बासिन्दा बढी सहभागी भएको पाइयो (हेरौं, सुनौं भिडियोमा धरानबासीको भनाइ) ।

शनिबार ट्याङ्की निर्माणका लागि मेयर साम्पाङसहित जनताले गिटी कुटे, वालुवा, सिमेन्ट, पाइप मात्रै बोकेनन् मसला बनाउन, मसला बोक्न पनि सघाए । केही धरानबासीले खाजा (चना, चिउरा, पेय पदार्थ, चिया, बिस्कुट, चाउचाउ) बोकेर समेत पुगेका थिए ।

मेयर साम्पाङले भन्छन्, ‘यहाँ बाटो थिएन, सवारी साधन आउन सम्भव थिएन तर पनि सयौं धराने जनताले जनश्रमदान गरेर सेवाभाव देखाए, यसको पनि गीत लेख्न सक्छु ।’ उनले धराने जनता यति विवेकी भएकोमा धन्यवाद समेत दिए ।

‘मलाई मत खसाल्न होस्, विकासे कामका लागि धराने जनताको साथ पाएर अत्यन्तै हर्षित छु, अब धरान अघि बढ्छ ।’ उनले केहीदिनभित्रै त्यहाँको पानी धरान ल्याइने बताए ।[][]


Last Updated on: June 25th, 2022 at 6:39 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया