आइतबार २२ साउन २०७९

दमौली- तनहुँको व्यास नगरपालिकाले छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई करमा छुट दिने नीति पारित गरेको छ । ‘लैङ्गीक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो ।छोरी २० वर्ष नपुग्दासम्म नगरपालिकाबाट लगाइने सम्पत्ति करलगायतका सबै करमा २० प्रतिशत छुट दिने नीति नगरसभाबाट पारित भएको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो ।

नगरपालिकाले ‘आत्मनिर्भर छोरी, सशक्त व्यास नगर’ अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्नेलाई नगद सहयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । दलित, आदिवासी जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङका छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको विवाहमा नगद सहयोग गरिने र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाइने उपप्रमुख दरैले जानकारी दिनुभयो ।

नगरपालिकाले महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउन ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने स्नातक तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान, स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग, ‘महिलासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत गर्भवतीको पोषणमा सहयोग गर्ने नीति पारित भएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने आर्थिकरुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति, दलित, सिमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवनोपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने उपप्रमुख दरैले बताउनुभयो । नगरभित्र स्थायी बसोबास गर्ने विद्यालय तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा लैङ्गीक हिंसा निवारण कोष सञ्चालन गर्ने र हिंसामा परेका महिलालाई कानूनी उपचारका लागि सहयोग एवं उनीहरुको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने दरैले उल्लेख गर्नुभयो । उच्च शिक्षा अध्ययन गर्ने आर्थिकरुपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने, दलित, सिमान्तकृत, लोपोन्मुख जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका कार्यक्रममार्फत सशक्तीकरणको नीति लिइएको छ ।

विराटनगर : लागुऔषध गाँजा मोरङबाट दैनिकजसो बरामद हुन थालेको छ। गाँजासहित यसको ओसारपसार एवं कारोबारमा संलग्न पनि पक्राउ पर्न थालेका छन्।

धनकुटा, भोजपुरलगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा बिक्रीका लागि लुकाईछिपाई तराईतिर ल्याउने क्रममा प्रहरीले बरामद गर्न थालेको हो। गाँजा ओसारपसारमा संलग्न ३ जना मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट आइतबार साँझ पक्राउ परेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साढे ९ किलो गाँजासहित धनकुटा घर भएका तीन युवा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राई रहेका छन्।

अस्थायी प्रहरी पोस्ट् बलिया र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरेको उनको भनाइ छ। उनका अनुसार शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाबाट गाँजा बरामद भएको हो। पक्राउ परेकाहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ।

त्यस्तै प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–६ बाट ८ किलोग्राम गाँजासहित शनिबार साँझ १ जनालाई पक्राउ गरेको थियो। गाँजासहित सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय नेत्रबहादुर भट्टराईलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाइकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा बरामद भएको हो।

भट्टराई मोटरसाइकलका चालक हुन्। गाँजा र मोटरसाइकलसहित पक्राउ परेका उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले गाँजाको ओसारपसार अत्यधिक हुन थालेको विशेष सूचनाका आधारमा प्रहरी सक्रियता बढाइएको जानकारी दिए। एसपी कोइरालाले गाँजालगायतका लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणमा लिन प्रहरीको विशेष टोली परिचालन गरेका छन्। लागुऔषध केन्द्रित गरेर सार्वजनिक तथा निजी सवारीसाधन र शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएर चेकजाँच र खानतलासी गर्न थालिएको उनले बताए।

उनका अनुसार लागुऔषध नियन्त्रणमा अपनाउनुपर्ने उपायका बारेमा सरोकारवालासँगसमेत सुझाव लिएर कारबाही तीव्र पारिएको छ। ‘सरोकारवालाबाट प्राप्त सुझावलाईसमेत मध्यनजर गर्दै लागुऔषधको ओसारपसार, कारोबार र सेवनविरुद्ध विशेष अप्रेशन चलाइएको छ,’ कोइरालाले भने, ‘लागुऔषधविरुद्धको सचेतना र कारबाहीलाई विशेष जोड दिएर प्रहरी अघि बढिरहेको छ।’

उनका अनुसार लागुऔषधको ओसारपसार र किनबेच हुने शंकास्पद ठाउँहरु अहिले प्रहरीको निगरानीमा परेका छन्। ‘विशेष गरेर गाँजा नेपालबाट भारततिर लैजाने गरेको पाइन्छ। अन्य प्रकारका लागुऔषध भने भारतबाट नेपालतिर ओसारपसार हुन्छ,’ एसपी कोइरालाले भने, ‘पछिल्लो समय युवापुस्ता लागुऔषधको दुव्र्यसनमा फस्ने क्रम बढेको छ। नियन्त्रणका लागि सीमा क्षेत्रमा विशेष कडाइ गरिएको छ।’

लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले साताव्यापी अभियानसमेत सञ्चालन गरेको थियो। सरोकारवालासँग अन्तरक्रिया, स्कुल सचेतना, प्रभातफेरिलगायतका विभिन्न कार्यक्रम गर्दै अभियान आइतबार सकिएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषधविरुद्ध जनचेतना जगाउन र यसको अवैध धन्दामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अभियान फलदायी हुने बताए।

‘अभियानका क्रममा सरोकारवालाबाट विभिन्न सुझावहरु प्राप्त भएका छन्। सबै पक्षसँगको सहकार्य र समन्वयमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘सीमानाकामा उच्च सतर्कता अपनाउँदै नेपाल र सशस्त्र प्रहरीको विशेष टोली खटाइएको छ। शंकास्पद ठाउँहरुमा पनि सुरक्षा उपस्थिति बढाइएको छ।’ लागुऔषध नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने प्रजिअ दाहालले बताए। लागुऔषधको अवैध धन्दा नियन्त्रण गर्न सुरक्षा सक्रियता बढाइएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उनको भनाइ छ।


Last Updated on: June 27th, 2022 at 5:22 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया