बुधबार २० मंसिर २०८०

मलेसियामा कामको सिलसिलामा मृ’त्यु भए परिवारलाई आजीवन ९० प्रतिशत तलब
June 7, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं – मलेसियामा रहेका नेपाली कामदारको कामको सिलसिलामा मृ’त्यु भएमा मृतकका आफन्तले आजीवन तलबको ९० प्रतिशत रकम पाउने भएका छन्। वैधानिक रुपमा बसी काम गरिरहेका र मलेसियन सरकारको सामाजिक सुरक्षा कोषमा दर्ता भएका नेपाली श्रमिकले उक्त सुविधा पाउने छन्।

काम गर्दाको समयमा मृ’त्यु भएमा वा घाइते भएमा दीर्घकालीन र अल्पकालीन समयका लगि उपचार खर्चसमेत पाउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

मलेसिया सरकारले विदेशी श्रमिकलाई पनि सामाजिक सुरक्षा दिनेगरी कानुन बनाएको एक वर्षभन्दा बढी भइसकेको छ। यसअघि कानुन निर्माण भए पनि नेपाली श्रमिकले पाउने व्यवस्था थिएन । तर, सामाजिक सुरक्षाअन्तर्गत दर्ता भएका नेपाली कामदारले पाउने सुविधा र क्षतिपूर्ति नेपाली कामदारको परिवारसम्म पुर्‍याउने माध्यमको टुङ्गो लाग्न सकेको थिएन।

मलेसियन सरकारले विदेशी कामदारको सामाजिक सुरक्षाअन्तर्गत आधिकारिकता दिन नेपाल सरकारलाई पठाइसकेको छ। कामदारले पाउने सेवा सुविधाको संयोजन वैदेशिक रोजगार बोर्डले गर्नेछ।

श्रम स्वीकृति गरी गएका र विदेशमा मृत्यु भएका नेपाली कामदारले पाउने पाउने क्षतिपूर्ति रकम यसअघि बोर्डले सम्बन्धित परिवारलाई उपलब्ध गराउँदै आएको थियो।

वैधानिक रुपमा बसोबास गरेका कामदारले मलेसिया सरकारको सामाजिक सुरक्षा कोषको सुविधा पाउने

धेरैजसो नेपाली कामदार मलेसियाको सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भइसकेको मलेसियास्थित दूतावासका श्रम मामिला हेर्ने काउन्सलर दीपक ढकालले बताए। उनले भने, ‘यसअघिको कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो। नेपाली कामदारले यस्तो अवसर पाएका थिएनन्। नेपाली कामदारलाई यो कार्यक्रमले ठूलो राहत दिएको छ।’

उनका अनुसार २ लाख ९८ हजार नेपाली कामदार मलेसियाको सामाजिक सुरक्षा कोषमा आबद्ध छन्। वैधानिक रुपमा गएका प्रत्येक नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्छ।

सामाजिक सुरक्षाअन्तर्गतको ऐनअनुसार नेपाली कामदारले यसखाले सुविधा पाउने ढकालले जानकारी दिए।

मलेसियामा रहेका करिब दुई लाख ९८ हजार नेपाली श्रमिक यहाँको सामाजिक सुरक्षासम्बन्धी निकाय सोक्सोमा आबद्ध भइसकेक उनले बताए। ‘सोक्सोबाट पाउने जेजति लाभ हो, त्यो पाउन उनीहरू योग्य छन्,’ उनले भने।

अवैधानिक रूपमा बसेर काम गरेका कामदारले त्यस्तो सुविधा नपाउने पनि उनले सुनाए।

सोक्सोमा दर्ता भएका कामदार अंगभंग भए वा बिरामी भए उनीहरूलाई क्षतिपूर्ति तथा औषधि उपचार खर्च दिने व्यवस्था छ। सामाजिक सुरक्षाअन्तर्गत विदेशी कामदारको नाम सोक्सोमा दर्ता गरिन्छ।

ऐनमा श्रमिकको मृ’त्यु भएमा श्रमिकका आश्रित परिवारलाई क्षतिपूर्ति स्वरूप मृत्यु हुँदाको बखत श्रमिकले पाइरहेको तलबको ९० प्रतिशत रकम आजीवन दिइने व्यवस्था छ।

शव व्यवस्थापन र अन्तिम संस्कारको खर्चको हकमा मलेसियामै दाहसंस्कार गरिएमा वा शव नेपाल ल्याएमा फरकफरक रकमको व्यवस्था रहेको उनको भनाइ छ।

 


Last Updated on: June 7th, 2021 at 11:23 am
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया