बुधबार २४ जेठ २०८०

काठमाडौं । संसारमा सबैभन्दा सुन्दर अनुहार कसको छ ? यो प्रश्नको उत्तर विज्ञानले दिएको छ । अमेरिकी अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर महिला हुन् । स्टेट अफ द आर्ट फेस म्यापिङ डाटाका अनुसार उनले सौन्दर्यको मामिलामा किम कार्दशियन र बेलायती सुपरमोडल केट मोसलाई पनि उछिनिसकेकी छिन् ।

अनुहारको सुन्दरता नाप्नको लागि ब्यूटी फिको ग्रीक गोल्डेन रेसियो प्रयोग गरिएको थियो। हजारौं वर्षदेखि, यसलाई सही अनुहार नाप्ने गोप्य सूत्र मानिन्छ। यस सूत्रबाट ३६ वर्षीया एम्बरको अनुहार ९१ दशमलव ८५ प्रतिशत सही रहेको पत्ता लागेको थियो ।

एम्बरलाई लन्डनका सर्जन डा. जुलियन डे सिल्भाले परीक्षण गरेका थिए। फेसियल म्यापिङ प्रविधिबाट यो परीक्षण गरिएको उनले बताए । तस्बिरमा उनीहरुको आँखा, आँखिभुइँ, नाक, ओठ, चिउँडो, बङ्गारा र अनुहारको आकार नापिएको थियो । अनुहारको १२ मार्कर बिन्दुहरू विश्लेषण गरियो। एम्बरको अनुहार फीको ग्रीक अनुपातमा ९१.८५ प्रतिशत सही छ।

ग्रीकहरू विश्वास गर्छन् कि सबै प्राकृतिक चीजहरूको अनुपात हुन्छ। संसारको सबैभन्दा सुन्दर अनुहारको गोप्य सूत्र पनि यसैमा रहेको उनीहरुको विश्वास छ । लन्डनमा सेन्टर फर एडभान्स्ड फेसियल कस्मेटिक एन्ड प्लास्टिक सर्जरी चलाउने डा. जुलियन डे सिल्भाले भने-हामीले नयाँ कम्प्युटर म्यापिङ प्रविधि प्रयोग गर्छौं। यस प्रविधिको माध्यमबाट हामीले सुन्दर अनुहारको पछाडि केही रहस्य पत्ता लगाएका छौं।

किम कार्दशियनको अनुहार पनि यही प्रविधिबाट परिक्षण गरिएको थियो । सौन्दर्यमा उनी दोस्रो स्थानमा रहेकी छिन् । उनको अनुहार ९१.३९ प्रतिशत सही छ । केट मोस सौन्दर्यका हिसाबले तेस्रो स्थानमा छिन् । उनको अनुहार ९१.०६ प्रतिशत सही छ।

वीरगन्ज : सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबाबालिकाहरुका लागि दिवा खाजा कार्यक्रममा ठूलो स्रोत/साधन खर्च गरिहेको छ। स्थानीय तहले पनि खाजाका लागि खर्च गरेको देखिन्छ। तर हाल अधिकासं सामुदायिक विधालयहरुमा दिवा खाजा गुणस्तरहीन भएको तथा आधाकाचो खाने कुरा बालबालिकाहरुलाई खुवाउने गरिएको अभिभावकहरुले गुनासो गरेका छन्।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विधालयमा दिवा खाजाको व्यवस्था गरिएको हो।

तर विधालयहरुले भने नपाकेको खानेकुरा, त्यो पनि चाहिने जति नदिईने गरेका कारण नामको लागि मात्रै दिवा खाजा भएको कारण बालबालिकाहरु खाजाखान टिफिनका बेला घरमै आउने गरेको अभिभावहरु बताउँछन्।

पर्साकी अभिभावक सुनैना देवी गुनासो पोख्दै भन्छिन्, ‘गरिबका बालबालिकालाई विधालयमा टिकाउन सरकारले दिवा खाजाको व्यवस्था त गर्यो तर हाम्रा बालबालिकालाइ विधालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी नै छैन, जसका कारण शिक्षकहरुले मनोमानी गरिरहेका छन्।’

उनी थप्छिन्,‘कहिले अध्कच्चो त कहिले खाजा नै नभेटीने, कहिले आधा पेट खाजा मात्रै दिन्छन्, त्यहि भएर बालबालिकाहरु खाजा खान घर आईपुग्छन्, नामको लागि मात्रै खाजाको व्यवस्था गरेको जस्तो देखिन्छ, फाइदा त विधालयलाई होला हाम्रो बालबालिकालाई त छैन।’

यसका साथै कतिपय विधालयहरुमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम संचालन नभएको अभिभावकहरुले बताएका छन्। कतिपय अभिभावकले विधालयहरुमा दिवा खाजाको नाममा अध्कच्चो खाने कुरा दिईरहेको कारण बालबालिकाहरु बिरामीसमेत परेको उनीहरुको भनाई छ।

पर्साकी अर्का अभिभावक सोना देवीले भनिन्, ‘काँचै पकाएर दिईने दिवा खाजाको कारण बच्चाहरु बिरामी पनि पर्छन्, पेट नभरेर घर पनि आईपुग्छन्, बालबालिकालाई विधालयमा टिकाईराख्न र स्वस्थ्य राख्न यो व्यवस्था गरिएको भनिन्छ तर खाजामा पनि भेदभाव गरिन्छ। विधार्थीका लागि एक थरीको र शिक्षक शिक्षिकाको लागि अर्को थरीको खाजा पकाईन्छ। सरकारका प्रतिनिधि आफैं विधालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ।’

दिवा खाजा कार्यक्रमको बजेट संघ सरकारबाट पालिकामा समयमा पठाईएपनि विधालयमा भने आर्थिक वर्षको अन्त्यअन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको शिक्षकहरु बताउछन्। पर्साको सखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पचगावा माविका प्राध्यानाध्यापक शिवनाथ प्रसाद चौधरी दिवा खाजा कार्यक्रमको लागि आएको बजेट समयमै नआउदाा समस्या हुने गरेको बताउछन्। उनी भन्छन्,‘एक आर्थिक वर्षको अन्तिम तिर मात्रै बजेट निकासा भएर विधालयमा आउछ, जसका कारण पालिकामा सुरुमा दिएको विधार्थी संख्याभन्दा बढी विधार्थी हुन्छन्। जसका कारण सबैलाई खाजा खुवाउँदा रकम अपुग हुन जान्छ।’

यसका साथै प्रति विधार्थी १५ रुपैयाँ तोकेर रकम आउने गरेको भन्दै त्यो रकम पनि अपुग भएको उनी बताउछन्।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले भने दिवा खाजा कार्यक्रमको सन्चालन र नियमन गर्ने निकाय सम्बन्धित पालिका भएको बताउछन्। उनी भन्छन्,‘यो कार्यक्रमको जवाफदेही स्थानीय पालिका र जनप्रतिनिधि हुन्, उनीहरुले नै यस तर्फ विशेषध्यान दिन जरुरी छ।’


Last Updated on: June 28th, 2022 at 12:14 pm
५३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया