आइतबार ०७ आश्विन २०८०

ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक स्थल ढोलामण्डली माई सम्म आईपुगेका छौ ।ढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ । ढोला मण्डलीमाईका छीमेकी ७७ बर्षिय बुबाको भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० आडकलन गरेका छन् । त्यतिबेला एकजना मगरजातिका मानिस घर बनाउनका लागि सालको थाम का;ट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए ।

त्यहाँ सालको रूख का:ट्न लाग्दा बन्चरोको धार नै झ:र्‍यो । सालको रूखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए । भोलिपल्ट धार झरेको बन्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम काट्न त्यही हिजो काट्न लागेको सालको रूख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रूख काट्नेबित्तकै रूखबाट रातो रगत बग्न थालेछ । त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख काट्नै छोडेर घर गए ।

“बेलुका खाना खाएर सुतेपछि राति सपनामा ुम मण्डली माई हु्ँ ।

म यही सालको रूखमा बसेकी छु । यो सालको रूखलाई काट्न प्रयत्न नगर्नू । गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई स;ङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु । मेरा पूजाविधि निम्न प्रकारको छ । जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ ।

बाख्राका पाठीहरू मेरा निम्ति भो,ग लगाउनुपर्छ । लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ । महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु । पूजा गरेपछि प्रसाद घरमा लैजान हुँदैन । भोग दिएको पाठी टाउकोविनाको त्यतै कुनै ठाउँमा भोज गर्नुपर्छ ।

मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निमपूजा गर्नुु भनेर सपनामा दिएको भनाइ प्रचलित छ ।वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पुजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिनबाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलबार बाख्राका पाठीहरूको बलि दिने चलिआएको चलन रहेको टद ।

मण्डलीमाईको पूजा गर्दा आफूले सोचेको कुरा पुगेको छ त ? भनी प्रश्न गर्दा सोचेका र मागेका कुरा नपुग्ने कुरै भएन । जनताले सोचेअनुसारका कुरा पुगेकै छन् ।”त्यसैकारण होला अचेल मण्डलीमाई भन्ने कुरा नेपालका कुनाकाप्चा, दूरदराजसम्मदेखि अन्तर्राष्ट्रियजगत्मा पनि प्रतिदिन प्रख्यात हुँदै दिनमा तीन सयवटा पाठीहरू मण्डलीमाईलाई चढाएको कुरा पुजारी दर्लामी मगरले बताए ।

मण्डलीमाईले सपनामा बताएको पूजाविधिविपरीत पूजा गर्न गएको बेलामा त्यस्तो किसिमको कुनै अप्रिय घटना भएको छ कि रु भनी सोधनी गर्दा पुजारी दर्लामी मगरले भने, नलाङ गाविस वडा नं। ९ का रामचन्द्र सिलवालले जुत्ता नफुकालीकनै मण्डलीमाईलाई नमस्कार गरेकाले तत्काल दिउँसै अन्धकार भयो र आफ्नो अगाडि बाघ आई आँखा बन्द भयो ।

पछि उनले मण्डलीमाईलाई प्रार्थना गरेर मैले मण्डलीमाईको बारेमा केही बिराएको भए मलाई क्षमा गर्नुहोस् ।हजुरलाई पाठी चढाउनेछु भनी भाकल गरेपछि उनका आँखा खुले र उनी घरमा गई झाँक्रीलाई आफ्नो ढोलामण्डलीमा भएको घटनाबारे सुनाउँदा तपाईंले मण्डली भगवतीलाई मङ्गलबार एउटा पाठी लगेर चढाउनुहोस् भनी निर्देशन गरेपछि उनले मण्डलीमाईलाई पाठी चढाएपछि उनका आँखा राम्रोसँग खुले भन्ने कुरा पुजारी दर्लामी मगरले बताए ।”,त्यसपछि मण्डलीमाईको शक्ति र सत्यता रहेछ भनी विश्वस्त भई पाठी, घन्ट र बाघको मूर्तिसमेत चढाएका थिए । त्यहाँको चलनअनुसार महिला जातिले त्यहाँ जान पनि नहुने र पूजा पनि गर्न नहुने भन्ने किसिमको प्रचलन छ ।

त्यसैगरी अछूत भनिने दलित जातिहरूलाई पनि मण्डलीमाईको स्थानमा जान नहुने र पूजाआजा गर्न पनि हुँदैन भनी निषेध थियो तर धादिङका पचास साठी जना दलितहरू ढोलामण्डलीमाईको पूजा र दर्शन गर्न भनी जाँदा स्थानीय अन्य जातिहरूसँग भिडन्त भएको थियो ।पहिले दलितहरूले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् ।

अहिले तिनीहरूले पनि खुलारूपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् ।ढोला मण्डलीमाईमा पाठीहरू चढाएर आएदेखि दलितहरूले पनि खुलारूपमा पूजापाठ गर्दै आआफ्नो जेजस्तो भावले चिताएको ढोला मण्डलीमाईलाई पूजा गर्दै आएका छन्।


Last Updated on: June 7th, 2021 at 11:46 am
११८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया