
ह्यारी-मेघनलाई पुत्रीलाभ, बेलायतबाट बधाईको ओइरो
June 7, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई पुत्रीलाभ भएको छ। मेघनले शुक्रबार क्यालिफोर्नियास्थित एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्।
३.४ किलोग्राम तौल भएकी उनीहरूकी छोरीको नाम ुलिलीु राखिएको छ। उनको पूरा नाम भने लिलिबेट डायना माउन्टब्याटन-विन्डसर हुनेछ। ह्यारीकी आमा डायनाको नाम उनको नामको बीचमा राखिएको छ। हाल आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।
लिली बेलायती राजपरिवारकी यस्ती सदस्य भएकी छन् जो अमेरिकाकी राष्ट्रपति पनि हुन पाउँछन्। ह्यारी र मेघनलाई पुत्रीलाभ भएपछि बेलायतबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ।
बकिङहम राजदरबारका प्रवक्ताले लिली जन्मिएको खबरले महारानीसहित राजपरिवारका सबै सदस्य खुसी भएको प्रतिक्रिया दिएका छन्। ह्यारीका दाइ-भाउजु राजकुमार विलियम्स र केइटले सामाजिक सञ्जालमार्फत् उनीहरूलाई बधाई दिएका छन्।
काठमाण्डौ । धादिङको गजुरी गाउँपालिका स्थित दरियाल खोलाको किनारमा पु रिएको अवस्थामा भेटिएको शव २४ वर्षिय एक्स्काभेटर चालक अर्जुन श्रेष्ठको भएको प्रहरीले जनाएको छ । २० गतेदेखि बेपत्ता चालक श्रेष्ठको शव खोलाको बगरमा फेला पारिएको हो ।
आइतबार बिहान जलारीले दरियाल खोलास्थित चाहिलेको बाँधमा शवको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहवरमा उत्खनन गर्दा क्षतविक्षत रुपमा श वलाई परिवारजनले स नाखत गरेका थिए । ह त्या मा संलग्नको आशंकामा दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।
यो पनि , दक्षिण पर्वत जोड्ने लमाय–लुंखु सडक कालोपत्रे शुरु
काभिड–१९ को सङ्क्रमणकै बीच दक्षिण पर्वतका चार पालिकालाई जोड्ने पर्वतको मुडिकुवा–कुर्घा–लुंखु सडकखण्डअन्तर्गत लमायदेखि लुंखुसम्मको खण्डमा कालोपत्रेको काम शुरु भएको छ । उक्त सडकखण्डको लमायखोलादेखि चिर्दीखोलाको सडक पिचको काम अहिले धमाधम भइरहेको छ । सडक पिचका लागि लकडाउन अगाडि नै कालोपत्रेको सामग्रीको व्यवस्था गरिएकाले लकडाउनका बेला पनि धमाधम काम भैरहेको इञ्जीनियर अनुज काफ्लेले जानकारी दिनुभयो ।
आरसीआइपीअन्तर्गत निर्माण भएको सडकमा पर्वतमै पहिलोपटक अक्सफाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । तीन इन्च कालोपत्रे बिछ्याएर चार दशमलव पाँच मिटर चौडा पिच गरिएको काफ्लेले जानकारी दिनुभयो । यही जेठ २७ गतेसम्म लमायदेखि चिर्दीसम्म ३.५ किलोमिटर कालोपत्रे सकिने र मौसमले साथ दिए असार मसान्तसम्म लमायदेखि कुर्घासम्म करिब ८ किलोमिटर कालोपत्रे गरिसक्ने इञ्जीनियर काफ्लेले बताउनुभयो ।
गुणस्तरीय र दिगो सडक पिचमा जोड दिइएको उहाँको भनाइ छ । एशियाली विकास बैंक (एडिबी) को ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रेको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का इञ्जीनियर प्रेमहरी पराजुलीले बताउनुभयो । पर्वतको अर्मादी–बनौ सडक र मुडिकुवा–कुर्घा–लुंखु सडकका लागि रु ६१ करोड बजेट रहेको छ ।
दुवै सडकको ठेक्का टुन्ड्री कन्ट्रक्सन सानेपा ललितपुरले लिएर काम गरिरहेको छ । उक्त सडकखण्ड २०७५ सालमा पिच गर्ने सम्झौता भएर यही साउनमा सम्झौता मिति सकिँदै छ । कोरोनाका कारण काममा अवरोध भएकाले छ महिना म्याद थपेर उक्त सडक कालोपत्रेको काम सकिने पराजुलीले बताउनुभयो ।
फलेवासको मुडिकुवादेखि लमायसम्म ७ किलोमिटर सडक यसअघिनै पिच भइसकेको छ । यसैबीच उक्त सडकखण्ड पिचको कार्य भइरहेकाले यही जेठ २७ गतेसम्म वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । लुंखुबाट फलेवास, कुश्माका लागि लिमिठाना हुँदै सवारी सञ्चालन गर्न र मोटरसाइकल भने कुर्घा र फलेवास ढिक जोड्ने पुलबाट तार्न सकिने बताइएको छ । यो सडक कालोपत्रे सम्पन्न भएपछि दक्षिण पर्वतका फलेवास, महाशिला, विहादी र पैंयु गाउँपालिकाका नागरिकहरुलाई सदरमुकाम कुश्माबजार आउजाउ गर्न सहज हुनेछ ।