शुक्रबार १० चैत्र २०७९

काठमाडौं । भारतको मणिपुरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्ने घटनाहरु सार्वजनिक भइरहेका छन् । नोनी जिल्लाको तुपुल रेलवे स्टेशन नजिकै बुधबार राति पहिरो खस्दा १०७ प्रादेशिक सेनाको क्याम्प पुरिएको छ । उक्त दुर्घटनापछि दर्जनौं जवानहरू माटोमा गाडिएका थिए।

मिडिया रिपोर्टका अनुसार अहिलेसम्म ७ जवानको शव निकालिएको छ भने १३ जवानको उद्धार गरिएको छ । ३०-४० भन्दा बढी जवान अझै पुरिएका छन्। यसबारे मणिपुरका मुख्यमन्त्री बिरेन सिंहले आपतकालीन बैठक बोलाएका छन् । घाइतेको उपचारका लागि चिकित्सकको टोली घटनास्थलमा पुगेको छ ।

घाइतेहरुलाई उपचारका लागि नोनी आर्मी मेडिकल युनिटमा ल्याइएको छ । पहिरोका कारण इजाई नदीको प्रवाह प्रभावित भएको छ । यो नदी तामेङलङ र नोनी जिल्ला भएर बग्छ । रिपोर्टका अनुसार केही सर्वसाधारण पनि भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

एक अधिकारीले खराब मौसमका कारण उद्धार कार्यमा समस्या भइरहेको बताए । सेनाको हेलिकप्टर पनि घटनास्थल पुगेको छ । जिल्ला प्रशासनले छिमेकी गाउँलेहरूलाई सावधानी अपनाउन र यथाशीघ्र ठाउँ खाली गर्न सल्लाह दिएको छ। भग्नावशेषका कारण इजाई नदी अवरुद्ध भएको एडभाइजरीमा उल्लेख छ । जसका कारण एकै ठाउँमा पानी जमेर बाँध जस्तो अवस्था सिर्जना भएको छ । यदि फुट्यो भने तल्लो क्षेत्रमा थप विनाश हुन सक्छ।

असम र मणिपुरलगायत उत्तरपूर्वी राज्यहरूमा लगातारको वर्षाले बाढीको अवस्था सिर्जना गरेको छ। असममा १० दिनमा अहिलेसम्म १ सय ३५ जनाको मृत्यु भइसकेको छ भने लाखौँ मानिस प्रभावित भएका छन् । यसैबीच, मौसम विभागका अनुसार अरुणाचल प्रदेश, असम, मणिपुर र सिक्किममा अझै वर्षाको सम्भावना छ।

वीरगन्ज : सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबाबालिकाहरुका लागि दिवा खाजा कार्यक्रममा ठूलो स्रोत/साधन खर्च गरिहेको छ। स्थानीय तहले पनि खाजाका लागि खर्च गरेको देखिन्छ। तर हाल अधिकासं सामुदायिक विधालयहरुमा दिवा खाजा गुणस्तरहीन भएको तथा आधाकाचो खाने कुरा बालबालिकाहरुलाई खुवाउने गरिएको अभिभावकहरुले गुनासो गरेका छन्।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विधालयमा दिवा खाजाको व्यवस्था गरिएको हो।

तर विधालयहरुले भने नपाकेको खानेकुरा, त्यो पनि चाहिने जति नदिईने गरेका कारण नामको लागि मात्रै दिवा खाजा भएको कारण बालबालिकाहरु खाजाखान टिफिनका बेला घरमै आउने गरेको अभिभावहरु बताउँछन्।

पर्साकी अभिभावक सुनैना देवी गुनासो पोख्दै भन्छिन्, ‘गरिबका बालबालिकालाई विधालयमा टिकाउन सरकारले दिवा खाजाको व्यवस्था त गर्यो तर हाम्रा बालबालिकालाइ विधालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी नै छैन, जसका कारण शिक्षकहरुले मनोमानी गरिरहेका छन्।’

उनी थप्छिन्,‘कहिले अध्कच्चो त कहिले खाजा नै नभेटीने, कहिले आधा पेट खाजा मात्रै दिन्छन्, त्यहि भएर बालबालिकाहरु खाजा खान घर आईपुग्छन्, नामको लागि मात्रै खाजाको व्यवस्था गरेको जस्तो देखिन्छ, फाइदा त विधालयलाई होला हाम्रो बालबालिकालाई त छैन।’

यसका साथै कतिपय विधालयहरुमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम संचालन नभएको अभिभावकहरुले बताएका छन्। कतिपय अभिभावकले विधालयहरुमा दिवा खाजाको नाममा अध्कच्चो खाने कुरा दिईरहेको कारण बालबालिकाहरु बिरामीसमेत परेको उनीहरुको भनाई छ।

पर्साकी अर्का अभिभावक सोना देवीले भनिन्, ‘काँचै पकाएर दिईने दिवा खाजाको कारण बच्चाहरु बिरामी पनि पर्छन्, पेट नभरेर घर पनि आईपुग्छन्, बालबालिकालाई विधालयमा टिकाईराख्न र स्वस्थ्य राख्न यो व्यवस्था गरिएको भनिन्छ तर खाजामा पनि भेदभाव गरिन्छ। विधार्थीका लागि एक थरीको र शिक्षक शिक्षिकाको लागि अर्को थरीको खाजा पकाईन्छ। सरकारका प्रतिनिधि आफैं विधालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ।’

दिवा खाजा कार्यक्रमको बजेट संघ सरकारबाट पालिकामा समयमा पठाईएपनि विधालयमा भने आर्थिक वर्षको अन्त्यअन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको शिक्षकहरु बताउछन्। पर्साको सखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पचगावा माविका प्राध्यानाध्यापक शिवनाथ प्रसाद चौधरी दिवा खाजा कार्यक्रमको लागि आएको बजेट समयमै नआउदाा समस्या हुने गरेको बताउछन्। उनी भन्छन्,‘एक आर्थिक वर्षको अन्तिम तिर मात्रै बजेट निकासा भएर विधालयमा आउछ, जसका कारण पालिकामा सुरुमा दिएको विधार्थी संख्याभन्दा बढी विधार्थी हुन्छन्। जसका कारण सबैलाई खाजा खुवाउँदा रकम अपुग हुन जान्छ।’

यसका साथै प्रति विधार्थी १५ रुपैयाँ तोकेर रकम आउने गरेको भन्दै त्यो रकम पनि अपुग भएको उनी बताउछन्।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले भने दिवा खाजा कार्यक्रमको सन्चालन र नियमन गर्ने निकाय सम्बन्धित पालिका भएको बताउछन्। उनी भन्छन्,‘यो कार्यक्रमको जवाफदेही स्थानीय पालिका र जनप्रतिनिधि हुन्, उनीहरुले नै यस तर्फ विशेषध्यान दिन जरुरी छ।’

Last Updated on: June 30th, 2022 at 5:23 pm
२४४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया