
भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर
June 7, 2021 36
12
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ । यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक वर्षअघिदेखि नै पे-टमा समस्या देखिएको थियो । तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् ।
समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ । अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पे-ट दु-खेर कुसुम अस्पताल आएकी थिइन । तर उनी डाक्टरले बोलाएको समयमा फलोअपमा अस्पताल पुगिनन् ।
शल्यक्रियामा संलग्न डा. सृष्टि प्रजापतिले यस्तो किसिमको समस्या बिरलै हुने गरेको बताइन् । ‘अस्पताल आइपुग्दा बिरामीलाई निकै गाह्रो भइसकेको थियो । हिँड्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । हामीले तुरुन्तै भर्ना गरेर शल्यक्रिया ग-यौं,’ डा.प्रजापतिले भनिन्, ‘अहिले उनको अवस्था ठीक छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।