सोमबार २३ साउन २०७९

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो भने श्रीलङ्कन एयरलाइन्सले कोभिड–१९ महामारीका समयमा स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौँ–बैंकक सिधा उडान सुरु गर्न लागेको छ । कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्‍याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपालका लागि थाई स्माइलको आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ ।

थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो । थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरू गरेको थियो । कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ ।

श्रीलङ्कन एयरलाइन्सले उडान थप्यो

श्रीलङ्कन एयरलाइन्सले सातै वटा नियमित उडान गर्ने गरी अनुमति पाएको नेपालका लागि आधिकारिक जीएसए जेनिथ ट्राभल्सले जनाएको छ । यसअघि हप्ताको चार उडान भर्दै आएको एयरलाइन्सले अब दैनिक उडान गर्न लागेको हो । एयरलाइन्सले हाल आइतबार, सोमबार, मङ्गलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ । एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो । कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्डलगायत गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

प्राधिकरणका अनुसार हाल त्रिभुवन विमानस्थल भएर दुई नेपालीसहित २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान गरिरहेका हुन् । त्रिभुवन विमानस्थलमा कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान गर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो ।

वीरगन्ज : सरकारले सामुदायिक विद्यालयमा पढ्ने बालबाबालिकाहरुका लागि दिवा खाजा कार्यक्रममा ठूलो स्रोत/साधन खर्च गरिहेको छ। स्थानीय तहले पनि खाजाका लागि खर्च गरेको देखिन्छ। तर हाल अधिकासं सामुदायिक विधालयहरुमा दिवा खाजा गुणस्तरहीन भएको तथा आधाकाचो खाने कुरा बालबालिकाहरुलाई खुवाउने गरिएको अभिभावकहरुले गुनासो गरेका छन्।

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गराउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि पर्याप्त कार्बोहाइड्रेट, प्रोटिन, फ्याट तथा शरीरलाई चाहिने विभिन्न पोषक तत्त्व मिलाएर खाजा दिने व्यवस्था मिलाउन हरेक सामुदायिक विधालयमा दिवा खाजाको व्यवस्था गरिएको हो।

तर विधालयहरुले भने नपाकेको खानेकुरा, त्यो पनि चाहिने जति नदिईने गरेका कारण नामको लागि मात्रै दिवा खाजा भएको कारण बालबालिकाहरु खाजाखान टिफिनका बेला घरमै आउने गरेको अभिभावहरु बताउँछन्।

पर्साकी अभिभावक सुनैना देवी गुनासो पोख्दै भन्छिन्, ‘गरिबका बालबालिकालाई विधालयमा टिकाउन सरकारले दिवा खाजाको व्यवस्था त गर्यो तर हाम्रा बालबालिकालाइ विधालयले कस्तो खालको खाजा खुवाउँदै छ भन्ने निगरानी नै छैन, जसका कारण शिक्षकहरुले मनोमानी गरिरहेका छन्।’

उनी थप्छिन्,‘कहिले अध्कच्चो त कहिले खाजा नै नभेटीने, कहिले आधा पेट खाजा मात्रै दिन्छन्, त्यहि भएर बालबालिकाहरु खाजा खान घर आईपुग्छन्, नामको लागि मात्रै खाजाको व्यवस्था गरेको जस्तो देखिन्छ, फाइदा त विधालयलाई होला हाम्रो बालबालिकालाई त छैन।’

यसका साथै कतिपय विधालयहरुमा आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा कार्यक्रम संचालन नभएको अभिभावकहरुले बताएका छन्। कतिपय अभिभावकले विधालयहरुमा दिवा खाजाको नाममा अध्कच्चो खाने कुरा दिईरहेको कारण बालबालिकाहरु बिरामीसमेत परेको उनीहरुको भनाई छ।

पर्साकी अर्का अभिभावक सोना देवीले भनिन्, ‘काँचै पकाएर दिईने दिवा खाजाको कारण बच्चाहरु बिरामी पनि पर्छन्, पेट नभरेर घर पनि आईपुग्छन्, बालबालिकालाई विधालयमा टिकाईराख्न र स्वस्थ्य राख्न यो व्यवस्था गरिएको भनिन्छ तर खाजामा पनि भेदभाव गरिन्छ। विधार्थीका लागि एक थरीको र शिक्षक शिक्षिकाको लागि अर्को थरीको खाजा पकाईन्छ। सरकारका प्रतिनिधि आफैं विधालयमा आएर खाजाको गुणस्तर निरीक्षण गर्न जरुरी छ।’

दिवा खाजा कार्यक्रमको बजेट संघ सरकारबाट पालिकामा समयमा पठाईएपनि विधालयमा भने आर्थिक वर्षको अन्त्यअन्तमा मात्रै आपुग्ने गरेकोले दिवा खाजा वितरणमा समस्या हुने गरेको शिक्षकहरु बताउछन्। पर्साको सखुवा प्रसौनी गाँउपालिकाको श्रीपुर पचगावा माविका प्राध्यानाध्यापक शिवनाथ प्रसाद चौधरी दिवा खाजा कार्यक्रमको लागि आएको बजेट समयमै नआउदाा समस्या हुने गरेको बताउछन्। उनी भन्छन्,‘एक आर्थिक वर्षको अन्तिम तिर मात्रै बजेट निकासा भएर विधालयमा आउछ, जसका कारण पालिकामा सुरुमा दिएको विधार्थी संख्याभन्दा बढी विधार्थी हुन्छन्। जसका कारण सबैलाई खाजा खुवाउँदा रकम अपुग हुन जान्छ।’

यसका साथै प्रति विधार्थी १५ रुपैयाँ तोकेर रकम आउने गरेको भन्दै त्यो रकम पनि अपुग भएको उनी बताउछन्।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानवश्रोत विकास केन्द्रका निर्देशक गणेशप्रसाद पौडेलले भने दिवा खाजा कार्यक्रमको सन्चालन र नियमन गर्ने निकाय सम्बन्धित पालिका भएको बताउछन्। उनी भन्छन्,‘यो कार्यक्रमको जवाफदेही स्थानीय पालिका र जनप्रतिनिधि हुन्, उनीहरुले नै यस तर्फ विशेषध्यान दिन जरुरी छ।’


Last Updated on: June 30th, 2022 at 5:40 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया