
काठमाडौं । काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेको खुसीयालीमा कृष्णले एक दिन सित्तैमा तरकारी बाँडेका छन् । सिन्धुलीका २२ वर्षिय कृष्ण अधिकारीले दैनिक रू.४० हजारसम्म तरकारी तथा फुल बेच्छन्।
उनले बालेनले चुनाव जितेमा एक दिन तरकारी सित्तैमा दिने घोषणा गरेबमोजिम बालेनले चुनाव जितेपछि आज असार १५ गते चाबहिल गणेशस्थान पछाडिको आफ्नो पसलबाट गाडीमा हालि तरकारी सित्तैमा बितरण गरेका हुन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उठेका बालेन शाह निर्वाचित भएका थिए । साहले ६१ हजार ७६७ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
हेरौ उनले तरकारी बाँडेको यो भिडियो[][]
[][]