सोमबार २३ साउन २०७९

काठमाडौं । भीषण बाढीमा फसेका २ जना बालकलाई बचाउन उर्लंदो पानीमा पसेका एक युवाको भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ । जानकारी अनुसार यी युवा ओमानको अल दखिलियाह गभर्नरेटका हुन् ।

टाइम्स अफ ओमानका अनुसार घटनाको केही समयअघि अली बिन नासेर अल-वर्दी नामका यी युवा घरमा आफ्ना पितासँग बसेर वर्षाको बारेमा कुरा गरिरहेका थिए। उनलाई सम्भावित विपत्तिकि पूर्वानुमान थियो । उनले आफ्नो बुबालाई वर्षामा बाहिर निस्केर खरीफ सिजनको सुरुमा वादी बहलाको सुन्दर दृश्यको आनन्द लिन पनि आग्रह गरे।

उसको जिद्दीपछि बाबु-छोरा जोडी बाहिर गए तर केहि क्षणपछि उनीहरूले जे देखे त्यो डरलाग्दो थियो। ती दुई बालक असहाय भएर तीब्र गतिमा बगिरहेको बाढीको बीचमा फसेका थिए र कसैको सहयोगबिना उनीहरू बाहिर आउन सक्ने सम्भावना अत्यन्तै न्युन थियो ।

त्यहाँ भएका एक व्यक्तिले आफूसँग डोरी भएको र आफुले तुरुन्तै डोरी ल्याउने बताउँदै अलीलाई कम्मरमा डोरी बाँधेर नदीमा जान आग्रह गरे । त्यसपछि अलीका पिताले डोरी अलीको कम्मरमा बाँधिदिए जसको एउटा छेउ उनका पिताले बलियोसँग समातेका थिए ।

अली भन्छन् ‘म कुनै न कुनै तरिकाले उनीहरु सम्म पुगें र छुने बित्तिकै उनीहरुको आँखाबाट आँसु बग्न थाले । मैले तिनीहरूलाई अँगालो हालें, चिन्ता नगर्न आग्रह गर्दै सान्त्वना दिएँ। म तिमीलाई यहाँबाट निकाल्छु भनें तर सानो बच्चा, सायद मेरो आश्वासनको बारेमा अनिश्चित थियो र भन्यो – “म डुब्न र मर्न चाहन्न, कृपया मलाई बचाउनुहोस्।’

अलीले उनीहरूलाई लिएर नदीबाट बाहिर निस्किन सफल भए । किनारमा उनलाई तान्न मानिसहरू तयार थिए । अलीले बचाएका २ बालकहरूमा एउटा १३ वर्षको र अर्को ७ वर्षको भएको बताइएको छ ।[][]


Last Updated on: July 1st, 2022 at 7:31 am
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया