आइतबार १४ आश्विन २०८०

रौतहटमा प्रहरी र स्थानीयबीच झ,ड,प, डिएसपी सहित ६ प्रहरी घा,इते
June 7, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
रौतहट । निषेधाज्ञाको पालना गराउन रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झ,ड,प भएको छ । झ,ड,पमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घा,इते भएका छन् ।

गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झ,ड,प भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घे,रा हा,ले,र आ,x क्र, x म, x ण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ । प्रहरी टोलीमाथि आ, x क्र, x म, x णमा सं,लग्न भएको भन्दै प्रहरीले २ जनालाई प,क्रा,उ समेत गरेको छ ।

अर्को समाचार 

आजबाट लकडाउन खुकुलो, सडकमा सवारीको चाप !
June 7, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो गरी जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय हो ।

यसअघि, वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने बताउनुभयो । त्यस्तै, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्ने छन् भने विकास निर्माणको काम खुला गरिएको छ ।

दिउँसो श्रमिक राखेर काम गर्न भने दिइने छ भने विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ ।त्यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजे सम्म खुल्नेछन् ।

तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ, तर तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ ।प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार यातायातमा पुरानै नियम यथावत् छ । निजी संघ–संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय–पत्र चाहिने छ ।


Last Updated on: June 7th, 2021 at 12:04 pm
७४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया