आइतबार ०७ आश्विन २०८०

सुर्खेत

जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौ न दु र्व्यव हार भ एको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रो क ल गा एको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रो क लगाएका हौं,’ उनले भने । उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी ख टा इएको छ ।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवतीमाथि भएको यौ न दु र्व्य वहा रको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए ।

आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

https://youtu.be/4HXiUYSSqGc


Last Updated on: June 7th, 2021 at 5:50 pm
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया