शुक्रबार १९ जेठ २०८०

मन्त्री हुँदा ६ वटा गाडी, पद गएपछि क्वाटरवाट सुटकेश बोकेर मोटरसाइकलमा
June 7, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । । सोमवार विहान एउटा तस्बिर सामाजिक सञ्जामा निकै भाइरल भएको छ । बर्खास्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सुटकेश बोकेर बाहिर निस्किए । अनि मोटरसाइकलको पछाडी बसेर मन्त्री क्वार्टरबाट बाहिरिए । उनी मन्त्री हुँदा ६ वटा साधन प्रयोग गर्थे । तर आइतबार जनता समाजवादी पार्टी नेतृत्वबाट बर्खास्तीमा परेका सोनल क्वार्टर छोडेर बाहिरिदा देखिएका दृष्य हुन् यि ।

मन्त्री सोनल एउटा सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरकारी गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका छन् । आइतबार जसपा प्रदेश २ संसदीय दलको बैठकले मन्त्री सोनलसहित राज्यमन्त्री सुरेश मण्डल, अभिराम शर्मा, डा।डिम्पल झालाई बर्खास्त गरेको थियो । राम्रो मन्त्रालयको जिम्मेबारी लामोसमय सम्हालेका उनले सचिवालयमा ३ सहित ६ वटा सरकारी गाडी प्रयोग गर्दै आएका थिए।

मन्त्रालयमा रहँदा उनको कार्यकाल विवाद रहित भने थिएन । उनले मन्त्रालयका योजनामा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ। डेढवर्ष अघि एक कार्यक्रममै उनले पैसा लिएर योजना बेचेको भन्दै उनकै अगाडि एक व्यक्तिले आरोप लगाएका थिए।

Last Updated on: June 7th, 2021 at 6:59 pm
३३० पटक हेरिएको

तपाईको प्रतिक्रिया