
असुरक्षा बढेपछि प्रहरीले बढायो निगरानी, राउटे बस्ती सिल
June 7, 2021 55
22
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सुर्खेत : असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढे पछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जानकारी दिए।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए। राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँप सोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवती माथि भएको यौ,न दु’व्र्य’वहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो।
बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए पी’डित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना छ । यही कारण आज (सोमबार) बिहान देखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटाइएको हो। आइतबार मात्रै राउटे मुखियासँगै राउटे समुदायले सुरक्षा माग गरेका थिए।सुर्खेत : असुरक्षा बढेका कारण जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले असुरक्षा बढे पछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको जानकारी दिए।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तिमगरले कुनै पनि व्यक्तिलाई राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको जानकारी दिए। राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँप सोतीको भेरी नदी किनारमा बस्दै आएका छन् । राउटे युवती माथि भएको यौ,न दु’व्र्य’वहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो।
बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाए पी’डित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना छ । यही कारण आज (सोमबार) बिहान देखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटाइएको हो। आइतबार मात्रै राउटे मुखियासँगै राउटे समुदायले सुरक्षा माग गरेका थिए।