
मोरङ बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गकी कुमारी दर्जीले छोरा पाउनैपर्ने दवावका कारण ८ जना छोरी जन्माईन् ।
PROMOTED CONTENT
Mgid
Mgid
7 Little-Known Facts About Barron Trump
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
विश्वकप फुटबल छनोट : नेपालविरुद्ध जोर्डनले लियो अग्रता – Samachar Post Dai…
१३ वर्षको कलिलो उमेरमै बिबाह बन्धनमा बाधिएकी उनले ३८ वर्षको उमेरमा आठ सन्तानकी आमा बनिसकेकी छिन् ।
कुमारीका श्रीमान मुकुन्द दर्जी ४८ वर्षका भए । मुकन्द गाँउमै दैनिक ज्यालादारीमा काम गर्छन् । दिनभरी काम गरेर मुकुन्दले ५ सय ज्याला पाँउछन् ।
परिवारमा मुकुन्दको कमाई बाहेक अन्य आम्दानीको श्रोत केहि छैन । छोरा जन्माउने आशमा लगातार छोरी जन्मिए ।वर्षेनी जस्तै भएका सन्तानलाई लालन पोषण र शिक्षा दिक्षाको लागी समस्या रहेको कुमारी बताउछिन् ।
काली माध्यमिक विद्यालयको १० धुर जग्गामा सानो घर बनाएर बसेका दर्जी परिवारले उक्त विद्यालयलाई वार्षिक भाडा वापत ६ सय तिर्ने गरेको मुकुन्दले बताए ।
कुमारीकी जेठि छोरी २२ वर्ष पुगिन् उनको विवाह भईसकेको छ ।
उनि दुई सन्तानकी आमा समेत भएकी छिन् । माईली छोरी २० वर्षकी छन् उनले आर्थीक अभावकै कारण ८ कक्षा पढेर छाडिन् ।
साईली छोरी १७ वर्षकी भईन् उनी ७ कक्षामा पढ्दै छिन् । काईली १६ वर्षकी भईन् उनी ६ कक्षामा पढ्दै छिन् । अन्तरी १३ वर्षकी भईन् उनी २ कक्षामा पढ्दै छिन् । जन्तरी ९ वर्षकी भईन् उनी १ कक्षामा पढ्दै छिन् ।
ठुलिकान्छी ५ वर्षकी भईन् उनी शिसु कक्षामा पढ्न थालेकी छन् र कान्छी छोरी भर्खर १ वर्ष पुरा भईन् । “कान्छी छोरीलाई फोक्सोमा ईन्फेक्सन भएको र अस्पतालको आईसियुमा राख्दा गतसाल लिएको ऋण अझै तिर्न नसकेको” कुमारीले दुखेसो पोखिन् ।
उनले भनीन् “आफ्नो स्वास्थ्य दिन प्रतिदिन कमजोर कमजोर बन्दै गएको छ, तर श्रीमानलाई जसरी पनि छोरा चाहिएको छ” ।
१५ वर्षकै कलिलो उमेरमा पहिलो सन्तानकी आमा बनेकी कुमारी आवस्यक पोषण तत्वको कमिले निकै कमजोर देखिन्छीन् । उनका श्रीमान मुकुन्द भने अझै छोरा नै चाहिएको बताउछन् ।
मुकुन्दले भने “छोरी अर्काको घरमा जानुपर्ने हाम्रो संस्कार रहेकाले बुढेसकालको साहरा र आफु मरेपछि आफ्नो श्राद्व गर्नको लागी पनि छोरा नै चाहिएको” उनले बताए ।