सोमबार २३ साउन २०७९

काठमाडौं । कुनै बेला भ्रष्टाचार र बेथितीविरुद्ध निरन्तर बोल्ने, जनताको जनजीविकाको स-सानो विषयमा आवाज उठाइरहने हर्कराज साम्पाङ अहिले धरान उपमहानगरपालिकाको नेतृत्व सम्हालिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज यतिबेला निकै व्यस्त छन् ।

प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्ने उनको व्यस्तता सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतना लगायतका काममा बढिरहेको देखिन्छ ।

लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका हर्क धरानमा के भइरहेको छ प्रत्येक क्रियाकलाबारे आफ्नो फेसबुकमार्फत जानकारी दिइरहन्छन् ।

हर्कराजको जीवनशैली र उनले बोलेका सकारात्मक अभिब्यक्तिका कारण उनको प्रशंसा गर्ने समर्थकहरु देशदेखि विदेशसम्ममा बढिरहेका छन् । अहिले धरानको वडा-२० स्थित पकुवा खोलाको मुहान क्षेत्रमा खानेपानीको लागि इन्टेक निर्माण गर्न जनश्रमदान भइरहेको छ ।

प्राविधिक टोलीको अध्ययन अनुसार नै पकुवाबाट पाइपमार्फत धरान ११ मा पानी पुर्याउनका लागि खानेपानी आपुर्ति गर्न धराने जनता आफै पकुवा खोलामा श्रमदान गर्न ताँती लागेको देख्न सकिन्छ ।

मेयर हर्कराजले पकुवा खोलामा आफैले श्रमदान गर्ने घोषणा गरेका थिए । र उनी आफै ढुंगा फुटाउने र पाइप बोक्ने कार्यमा पनि देखिए ।

तर, उनले ढुंगा बोक्न नहुने व्यवस्थापनमा लाग्नुपर्ने भन्दै धरानमा सार्वजनिक स्थलमै एकजना युवाले हर्कराजलाई आफुहरुले ‘ढुँगा बोक्नु पठाएको होईन’ भन्दै विरोध जनाएका थिए । तर, अधिकांश भने हर्कराजको यो कार्यलाई सकारात्मक सन्देश भएको प्रशंसा गरेका छन् ।[][]

उनै हर्कराजको बारेमा धरान-१४ विजयपुरका स्वस्तीका धमलाले लेखेको कविता यस्तो छ :

समाजमा राजनीतिको दलदललाई बन्द गर्दै
स्वतन्त्र ढोका खोली उड्न सिकाई
सुगन्ध नै हराएको सहरमा
सुगन्धित फूल बनी फुल्न सिकाई ।

खोलालाई खानी बनाए
ढुङ्गालाई मुहान बनाए
जनतालाई शासक बने
अनि आफू सेवक बनीरहे ।।

दुईचार जना आलोचना गर्नेहरुले
अह मेयर यस्तो हुन्न भनिरहे
मुखले जवाफ नदिइकन लोभ लाग्दो काम गरिरहे
बोल्नेको मुख थुन्दै जनताको प्यारो बनिरहे ।

सुख सहेल त्यागी सरलमै मगमगाए
छुट्टीको दिन उफ.. नगरी पानी ल्याउन
गिट्टी र ढुँगा बोक्न संघाए ।

कुहु-कुहु गर्ने कोइलीले पनि
तिम्रै मिठो गीत गाउँछ
इतिहासको पानामा सपूत बनि
तिम्रै नाम आउँछ ।।

मलाई विश्वास छ, एकदम छ, धेरै छ ।
अब धरानमा शिक्षा, स्वास्थ्य, खानेपानी
र,
अन्य क्षेत्रमा अनगिन्ती परिवर्तन आउँछ ।

हो, यस्तै देशप्रेमी बन्ने अब हाम्रो प्रहर छ
मलाई पनि हर्क साम्पाङ जस्तै बन्ने रहर छ ।
मलाई मात्र होईन
म जस्ता कयौं मलाई
हर्क साम्पाङ बन्ने रहर छ ।।

स्वस्तिकाले एक कार्यक्रममा यो कविता वाचन गरेका थिए । उक्त कवितामा बाचन गर्दै उनले आफुलाई पनि साच्चिकै हर्कराज जस्तो बन्ने सोँच लिएको बताएकी छन् । उनले मेयर हर्कराजलाई आफूहरुले जस्तो छ त्यस्तै रुपमा मन पराएको पनि बताइन् ।

‘मेयर हर्कराजले अहिले गरिरहेको कार्यले के अरुलाई प्रेरित गर्लान् ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भनेकी छन्, ‘मलाई विश्वास छ लाग्छ, जस्तो छ त्यस्तै रुपमा वहाँलाई जनताले स्वीकार गरेको हो । अचानक मेयर बन्दैमा वहाँ परिवर्तन हुनु म चाहिँ जरुरी देख्दिन । सामान्य मान्छे सामान्य किसिमले रहन्छ भने उसलाई हामिले त्यहि किसिमका रुपले हामिले स्वीकार गर्नु सिक्नुपर्छ’, उनले भनिन्, ‘वहाँले सामान्य रहेर पनि काम नगरेको थियो भने हामिले समस्या छ भनेर देखाउनु सक्थ्यौँ । सामान्य रहेर पनि वाहाँले काम गरिरहनु भएको छ । यो नै हाम्रो लागि आशावादी कुरा हो नि त । यहि नै हाम्रो लागि पुरुस्कार हो । ठूलो कुरा किन चाहियो । ।’ उनले भनेकी छन् । ‘वहाँले गाडी चढेर धरानको विकास हुने होइन । ढुँगा गिटी नकुट्दा विकास हुने होईन । वहाँले गरिसकेपछि बाँक बसिरहेका मानिसहरु लज्जित भएर कोहि बोक्न जाँदा प्रेरित हुन्छन् भने वहाँ सामान्य बन्दा नै फाइदा छ । वहाँलाई त्यतिकै स्वाकार गर्नुमा फाइदा छ । हामी पनि त्यस्तै बन्नु जरुरी छ ।’

भिडियो[][]

 


Last Updated on: July 7th, 2022 at 2:23 pm
१२० पटक हेरिएको

तपाईको प्रतिक्रिया