
नेपालमै सानो उमेरमा यति धेरै प्रगति गर्ने र रोबट बनाउने साथै देशका लागि केहि गरौं भन्ने सोच भएका दाजु भाई कपिलर बिशाल लम्साललाई हौसला दिन यो भिडियो सबैले शेयर गरिदिनुहोला है ।
बुटवलका दुई दाजु भाई कपिल र बिशाल लम्सालले बनाएको रोट यतिबेला चर्चामा छ । यो रोबटले हिड्छ, मान्छेहरुले जे सोध्यो त्यसकै उत्तर दिन्छ र बत्र्ती पनि निभाउँछ ।
यस्तो राम्रो काम गर्ने रोबट अनि १६ र १८ बर्षका दाजु भाईले बनाएको भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ तर वास्तविकता यहि हो ।
बुटवलका यि दाजु भाई सानै देखि नयाँ नयाँ कुराहरु आविष्कार गर्न चाहन्थे । पहिलो पटक आफुले दिएको बाटोमा हिड्ने र अवरोध आए रोकिने सानो रोबट बनाएका यि दाजु भाईले त्यसपछि होटेलमा टेबुलमा खाना सर्भिस गर्ने डमि रोबर्ट बनाए।
त्यसपछि उनीहरुले आफ्नै टिफिन खर्चबाट बोल्ने र हिड्ने रोबर्ट बनाए । भर्खरै लकडाउनको समयमा यि दाजु भाईले अटोमेटिक ह्याण्ड सेनिटाईजर बनाएका थिए ।[][]
भिडियो हेर्नुस[][]