
एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जहाँ एउटा केटा बाइक चलाएर जाँदै गर्दा एउटा खोलाले बाइक बगाई दिन्छ ।र उसलाई पनि खोलाले बगाउन खोज्छ।
पानिको फोर्स यति धेरै हुन्छ जहाँ ऊ निस्किन सकेको हुँदैन र बाढीले बगाउन खोज्छ त्यति बेला किनारमा रहेको उसको साथीले उसलाई आफ्नो ज्यानको पर्वाह नगरी उसलाई बचाउँछ।
र त्यस पछि के हुन्छ। यो तल भिडियो हेर्नुहोस्। त्यस भन्दा अगाडि बाढी बाट बच्न के गर्नु पर्छ थाहा पाउनु होस् ।
मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पुर्याउने गर्छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् ।
पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने कति बेपत्ता पनि छन् । बाढी र पहिरोबाट बच्नका लागि यी कुरामा ध्यान दिनुहोस् :
वर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । गाउँमा बाढी आएको समय होचो भूभागमा जानुहुदैँन । बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुदैँन ।
बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने बारे जानकार लिन सकिन्छ ।
मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ, सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ । सञ्चारमाध्यम आएका ती सूचनालाइ आधार बनाएर सर्तकता अपनाउनुपर्छ ।
यी त भए तराइ तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरु:
पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ त्यसका लागि अग्रीम सर्तकता अपनाउन सकिन्छ । यी हुन् पहिरोबाट बच्ने उपायहरुः
ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।एक पटक पहिरो गएको स्थानमा पुनः बसोवास गर्नु हुदैँन ।
पहिरोले घर बगाउँदा भौतिक सँगै मानवीय क्षति पनि हुने भएकाले २४ औँ घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नुहुदैँन ।
पहाडका धेरै स्थानमा प्रायजसो रातीको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समुहमा बस्ने र समुहमा बस्दा एकअर्कालाइ सहयोग मिल्ने हुन्छ ।
सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बस्नुपर्छ । यसले उद्धार सँगै राहत विरणमा समेत सघाउ पुर्याउँछ ।[][]