आइतबार १४ जेठ २०८०

समाजमा महिला हिंसा ,अन्याय अत्याचार,बला त्कार, विभिन्न धर्मको नाममा गरिने शोषण अझै पनि अन्त्य भएको छैन । सरकारको कम्जोर महिलाको पक्षमा बनाएको नियमकानुन को कारण ले पनि दैनिक
बला त्कार , जस्ता घटना घटिरहेको छ ।
जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई प्रहरी बिहीबार बिहान घरबाटै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेको थियो।

साथै, दुई लाख २५ हजार जरिवाना समेत तोकेको थियो।

अदालतको फैसला लगतै केसी फरार भएका थिए। पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो।


Last Updated on: June 8th, 2021 at 12:10 pm
५५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया