बिहिबार १४ मंसिर २०८०

मुख्यमन्त्री राईको निवासअगाडि बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु
June 8, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको अस्पतालमा मृत्यु भएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुनसरीको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडी चलाउँदै आएका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार, मङ्गलबार दिउँसो ३ बजेतिर आफैँले चलाउँदै आएको कार्यालयको उक्त गाडीभित्रै उनलाई बेहोस अवस्थामा फेला पारिएको थियो । स्थानीयले गाडीभित्र बेहास अवस्थामा चालकलाई देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

प्रवक्ता राईका अनुसार नोबेल मेडिकल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषण गरेका हुन् । झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्र चालक सिटमा सुतिरहेको अवस्थामा भेटिएका थिए ।

घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासको अगाडि पर्छ । उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरामा बस्दै आएका थिए ।

प्रहरीका अनुसार डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको छ ।

मुख्यमन्त्री राईको निवासअगाडि बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु


Last Updated on: June 8th, 2021 at 7:21 pm
२९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया