
इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु
June 8, 2021 8
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
इलाममा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ।
जेठ २२ गते राति सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको होबिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको इलामका डीएसपी लालधव्ज सुवेदीले जानकारी दिए। उनीहरुको अवस्था सामान्य छ।
जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए। च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि जारी निषेधाज्ञा १ असारदेखि खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यकामा आंशिक निषेधाज्ञा लगाएर जनजीवनलाई सहज बनाउन विभिन्न निकायबीच छलफल भइरहेको बताइएको छ ।पछिल्लो समय थपिएको निषेधाज्ञा ३१ जेठमा सकिँदैछ । यस अविधिमा खाद्यान्नलगायत अत्यावश्यक सेवामात्र खुला गरिएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आएकाले निषेधाज्ञालाई पजि खुकुलो बनाउन लागिएको एक सुरक्षा अधिकारीले बताए ।उनका अनुसार अहिलेकै अवस्था संक्रमण दर घट्दै गएमा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****