बिहिबार १४ मंसिर २०८०

श्रीमानलाई मृत्युवाट त बचाएँ तर बिएण्डसी अस्पतालमा ८ लाख तिर्न नसक्दा घर लान पाएकी छैन
June 8, 2021 29
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । नेपालमा फैलिएको महामारीले कतिको सहारा खोसेको छ भने कतिलाई आर्थिक बोध थपेको छ । उपचारमा लाग्ने महंगो शुल्कले कतिपयलाई घर न घाटको बनाएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ की एक महिला आफ्ना श्रीमानलाई अस्पतालवाट निकाल्न आर्थिक सहयोग माग्दै छन् । उनका श्रीमान नारायणचन्द्र राजवंशी यतिबेला विर्तामोड स्थित बिएण्डसी अस्पतालमा छन् ।

उनको उपचारमा लागेको खर्च तिर्न नसक्दा उपचार पछि पनि अस्पतालमै बस्नु परेको हो । १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएर अवस्था गम्भीर बनेपछि अस्पतालमा भर्ना भएका राजवंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर फर्कन नपाएका हुन् ।

श्रीमती सुष्मा राजवंशीले श्रीमान अहिले निको भएपनि अस्पतालमा उपचार खर्च बुझाउन नसक्दा श्रीमान घर आउन नपाएको बताईन् । उपचारका लागि जम्मा गरेको २ लाख रुपैयाले पुगेन । अस्पतालले १० लाख रुपैयाको बिल थमाइदिएपछि अहिले उनी आर्थिक संकलनमा लागेकी छन् । उनका श्रीमानलाई आइसियुमा राखेर उपचार गरिएको थियो । सहयोग गर्न चाहनेहरुका लागि उनले ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ बगुवामा यात्रुवाहक वस दुर्घटना भएको छ । दुर्घटनामा परि दुईजना सामान्य घाईते भएका छन् । त्रिशुली अस्पतालमा विरामी ल्याएर फर्किएको बा ४ ख ७४५८ नम्बरको वस दुर्घटना भएको बताइएको छ । वस सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यो पनि, विएसपी नेपालद्वारा दुई करोडको स्वास्थ्य सामग्री सहयोग
विएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । देशका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई रु एक करोड ९० लाख बराबरका पिपिई, मास्कलगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई स्वास्थ्य संस्थामा आवश्यक सामग्री वितरण गरिएको विएसपी नेपालका अध्यक्ष शेखर अर्यालले बताउनुभयो । राष्ट्रिय विपद्को अवस्थामा सरकारको मात्र मुख नताकी जनस्तरबाट सक्दो सहयोग गर्न र कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस किसिमको सहयोगको विशेष महत्व रहने उहाँको धारणा छ । ती स्वास्थ्य सामग्रीहरु वितरण गर्ने क्रममा अध्यक्ष अर्यालले यस किसिमको सहयोगबाट स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा आम नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताउनुभयो । माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पिपिई सेट उपलब्ध गरिएको उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले विएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ ।


Last Updated on: June 8th, 2021 at 7:28 pm
२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया