
दाजु रोजगारीको लागि बाहिर, घरमा बुवाको निधन भएपछि मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार आफैले गरिन
June 8, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । तीन सन्तान मध्य दाजु रोजगारीका लागि भारत गएका उतै हराए । घरमा दिदी बहिनी मात्र थिए । त्यसैवेला बुवाको निधन भयो । दाई पनि नभए पछि बुवाको धार्मिक संस्कार पुरा गर्ने दायीत्व छोरीले लिइन् । हिन्दू धार्मिक मान्यता र संस्कारमा बुवा आमाको अन्तिम संस्कार र किरिया गर्ने काम छोराको हो भनिन्छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
तर उदयपुर कटारी नगरपालिका वार्ड नम्बर ५ बरमझियाका बलबहादुर थापा मगरकी छोरीले भने त्यो परम्परा तोडिदिएकी छन् । दाजु नभए पछि उनले बुवा बलरामको मृत्यु पछि सन्तानले गर्नुपर्ने सबै संस्कार उनले गरिन् । उनले बुवाको पार्थिव शरिरलाई काँध दिएर घाट सम्म लगिन् । दागवत्ती दिइन् र किरिया पनि बसेकी हुन् । वुवाको शरिरलाई काँध दिएर घाट लैजाने १४ वर्षीया भगवतीले सबै संस्कार गरेकी हुन् ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
अहिले उनी किरियापुत्री बसेकी छन् । उनको यो कामले छोरा नै चाहिन्छ भन्ने रुढीवादी समाजलाई राम्रो उदाहरण मिलेको छ । सन्तान सबै बराबर हो दायीत्व छोरीले पनि निभाउँछन् भन्ने उदाहरण भगवतीले दिएकी छन् । मगरका एक छोरा र दुई छोरीमध्ये भगवती जेठी हुन् । मृतकका जेठा छोरा ५ वर्षअघि कामको खोजीमा भारतको कोइलाखात गएपछि फर्केर आएका छैनन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**