
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका -७ बाँसकटेरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सोमबार ११ हजार भोल्टेजको करेन्ट लागेर स्थानीय २१ वर्षिया शान्तीमाया थिङको घटनास्थलमै मृत्यु भएको हो।
घरबाट सदरमुकाम सिन्धुलीमाढी जान्छु भनी हिँडेकी थिङको हावाहुरी आउँदा बिजुलीको ११ हजार भोल्टेजको तार चुँडिएर भुईँमा लत्रिएको र सोही कारण करेन्ट लागि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए।सोही स्थानका १५ वर्षिया गिता पाण्डे सामान्य घाइते भएको डिएसपी लामाले बताए। उनका अनुसार मृतक युवतीको श व पोस्ट,मार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ। त्यस्तै, घाइतेको भने स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको लामाले बताए।
यता स्थानीयहरुले भने विद्युत प्राधिकरणको लापरवाहीले गर्दा युवतीको ज्यान गएको आरोप लगाएका छन्। हिजोनै नाङ्गो तार भुईमा चुडिएर खसेपछि प्रााधिकरणलाई खबर गरेपनि बेवास्ता गरेको स्थानीयले बताए।
***
यसरी हटाउनुहोस् केही दिनमै गर्धन वा शरीरमा देखिएको कालोपना (विधिसहित)
हामी सबैलाई आफ्नो सौन्दर्य कायम राख्न मन पर्छ। कहिले काही हाम्रो गर्धन वा शरीरका विभिन्न भागमा देखिएको कालोपनाले हामीलाई चिन्तित समेत बनाउछ। खास गरेर गर्धन वा कुईना जस्ता भागमा कालोपना आउने गर्दछ। आज हामीले तपाईको शरीरमा देखिएको कालोपना हटाएर सौन्दर्य फर्काउने विधिन्न उपायका बारेमा चर्चा गर्दैछौँ।
बनाउने विधि
कागती एउटा कागतीलाई गोलो तरिकाले ५ टुक्रा गरेर काटनुहोस्। त्यसपछि आधा कचौँरा दुध लिनुहोस्। त्यसपछि अघि काटेको कागतीलाई दुधमा डुबाउनुहोस्। त्यसपछि तपाईले बेकिंग सोडा लिनुहोस्।
त्यसपछि आधाचम्चा भन्दा कम बेकिंग सोडा उकत दुध र कागतीमा राख्नुहोस्। त्यसपछि तपाईले त्यसलाई राम्रोसँग पिट्नुहोस्। त्यसपछि तपाईले उक्त दुधलाई करिब २० मिनेट छोडिदिनुहोस्।
त्यसपछि तपाईको कुन कुन भागमा कालो छ त्यही त्यही भागमा उक्त कागतीको टुक्राले मसाज गर्नुहोस्। याद रहोस् तपाईले कालो भागमा करिब ५ मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि २० मिनेटपछि मात्र सफा पानीले धुनुहोस्। तपाईले यसको प्रयोग कम्तिमा दुई हप्तासम्म गर्न सक्यो भने तपाईको शरीरको कालो चम्किलो हुनेछ।