
काठमाडौ,सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा सन्तोषीको श’व फे’ला पर्यो । ३३ वर्षीया सन्तोषी श्रेष्ठले विवाह गरेको १४ वर्ष हुँदा सम्म पनि कहिल्यै सुख पाइनन् । उनीहरुले प्रेम विवाह गरेका थिए । विवाह गर्नु पहिलेसम्म सन्तोषले बल्खुमा घर छ, फर्निचर कारखाना पनि छ भनेका सन्तोषीलाई ढाँटेका थिए ।
विवाह गरेर लैजाँदा सुकुम्बासीको छाप्रोमा गएर भित्रनु पर्दा सन्तोषीको मन यति रोएन । तर पनि उनले मन बुझाइन् । अन्तर्जातीय प्रेम विवाह गरेकी सन्तोषीले माइतीमा पनि आफ्नो आर्थिक अवस्थाका बारेमा केही भनिनन् । तर विवाह पछि सन्तोषको ब्यवहार पनि फे’रीन थालेपछि भने सन्तोषीलाई सहन क’ठिन हुन थाल्यो ।
सन्तोषका बुबा र भाइ फर्निचरको काम गर्छन्। सन्तोष राम्रो आ’र्टिस्ट हुन्। आर्थिक वि’पन्नताका बिच सन्तोषीले आफुलाई स’म्हालिन् । उनीहरुको एक १० वर्षका छोरा पनि छन् । तर सन्तोषको आनीबानी पनि राम्रो भएन। उनी ला’गू औ’षध खान थाले।
घरमा बचत त के खर्च नै धौधौ हुन्थ्यो। आफ्नो कमाइभन्दा पनि उनीहरुलाई माइतीको भर बढी हुनथाल्यो। आमा दिलकुमारीले छोरीको दुख देखेर उनीहरुको परिवारलाई नै सहारा दिइन् । ससुरालीमा बस्दै आएका सन्तोषले त्यहाँ पनि आफ्नो ब्यवहार देखाए ।
दिलमायाका दुई छोरी अमेरिकामै छन्। दुःख पाएकी छोरी सन्तोषीलाई उनले सहारा दिएकी थिइन् । लकडाउनपछि घर चलाउन स’मस्या भएपछि छोरी ज्वाइँ र नातिलाई लगेर उनीहरुले जोरपार्टीस्थित आफ्नै घ’रमा राखेका थिए।
एक वर्ष ससुराली बसेका सन्तोषले एक महिनापहिले भने जेठीसासूको ब्यागबाट पैसा चोरे। दिदीले प्रहरीमा बुझाउँछिन् भन्ने थाहा पाएपछि सन्तोषीले अ’नुनय विनय गरेर दिदीलाई माफ गरिदिन आ’ग्रह गरिन् । त्यसपछि भने सन्तोषको ससुराली जाने बाटो पनि टु’ट्यो। अनि, सन्तोष घर फर्किएका थिए।
श्रीमानको आनीबानीले हैरान हुनथालेपछि सन्तोषी अ’लग्गै बस्न थालिन् । उनी माइतीमै बस्थिन् भने सन्तोष घरमा बस्थे । उनले सन्तोषसंग स’म्बन्ध वि’च्छेद गर्न चाहेकी थिइन् । तर सन्तोष मानिरहेका थिएनन्। सन्तोषको आनीबानी र सन्तोषीले डि’भोर्स मागेपछि उनीहरुको स’म्बन्ध बि’ग्रिरहेको थियो।
पहिले घरमै हुँदा सन्तोषीले सानेपामा महिला समूहबाट ऋण लिएकी थिइन्। त्यसको कि’स्ता तिर्न हरेक महिनाको २ गते सन्तोषी घर जान्थिन्। त्यो दिन पनि सन्तोषी आउँछिन् भन्ने सन्तोषलाई थाहा थियो। सानेपास्थित स’हकारीबाट लिएको ऋ’णको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका प’तिबीच झ ‘गडा भयो ।
बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्याउन गएको बेला दम्प’तीबीच झ ‘गडा हुँदा सन्तोषले उनको ज्या ‘न लि ‘एको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० रमेश बस्नेतले भने, ‘मृ’तकका श्रीमान् ले नै गरेका हुन् ।’ प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको ज्या ‘न लि’एको देखिएको छ ।
हा’र्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर प’छाडिको पेटीमा राखिएको बोरा देखेपछि उनले प्रहरीलाई ख’बर गरेका थिए । अनुसन्धानमा सं’लग्न प्रहरीका अधिकारीका अनुसार बे’डरु’म’मा ज्या’न लि’एपछि सन्तोषीको प्या’क ग’रेर घर पछाडी पे’टीमा रा’खिएको देखिन्छ ।
प्रहरीको अ’नुसन्धानबाट सन्तोषली श्रीमती सन्तोषीको ज्या न लि एपछि उनीसँग भएका ग’हना तथा नगदसमेत नि’का’लेर लगी फ रार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । श्रीमतीको ज्या न लि एपछि सन्तोषले उनको सिक्री, बाला, मुन्द्रा र केही न’गद रकम निकालेका थिए ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट