मंगलबार २३ जेठ २०८०

पूर्बमा उर्लियो लिम्बुवानको बिशाल जनसागर || लिम्बुवान प्रदेश नभए जे पनि हुन सक्ने चेतावनी अब के होला ? तलको भिडियो हेर्नुहोस्

इरान जाँदै पुटिन
तेहरान–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेव्रुवरीमा युक्रेनमाथि आक्रमण गरेयता दोस्रो विदेश भ्रमणमा मंगलबार इरान जाने भएका छन् । पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्नेछन् ।
भ्रमणका क्रममा अन्न निर्यात, सिरिया र युक्रेनका विषयमा तेहरानमा छलफल हुने टर्कीका एक अधिकारीले बताए । युक्रेनमा युद्ध सुरु भएदेखि पुटिनले पूर्वसोभियत राज्यहरूमा आफ्नो अन्तर्राष्ट्रिय भ्रमण सीमित गरेका छन् ।
जुनमा पुटिनले रुसी हमलापछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय यात्रामा ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गरेका थिए । युएसएसआरका पूर्व सदस्य दुबै देशमा अधिनायकवादी शासन छ । दुबै देश रुसका सहयोगी हुन् ।
भ्रमणले पुटिनलाई पश्चिमी आर्थिक प्रतिबन्धबीच इरानसँग सम्बन्ध गाढा गर्ने अवसर प्रदान गर्नेछ ।


Last Updated on: July 20th, 2022 at 12:53 am
२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया