
माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार
May 18, 2021 244
चितवन : माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ ।माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६ जना मानिसहरु लुकाई माडीतिर ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल छरछरेको टोलीले रीउ पुलमाथि भेटेको हो । गाडी साहु र त्यसका ड्राइभर बोलेरो गाडीको अगाडि बसेको तथा अन्य ६ जना ड्रमभित्र लुकेको अवस्थामा भेटिएका थिए ।
प्रशासनले जरुरी सेवा क्षेत्रमा सुचिकृत गरी माछा ढुवानी समेतलाई निशेधाज्ञाको अवधीमा चल्न दिने बनाएकोमा त्यसलाई दुरुपयोग गर्दै मानिसहरुकै अवान्छित ओसार पोसारमा संलग्न रहेसंगै गाडीमा सवार सबै ८ जनालाई शसस्त्र प्रहरीले ‘भाटा लगाउँदै’ भरतपुरतिरै फर्काइदिएको छ ।
आज पनि हजारौ कोरोना संक्रमित थपिए, बाँच्ने आशामा अस्पताल भर्ना भएका सयौंले गुमाए ज्यान
पछिल्लाे २४ घण्टामा थप हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ । यस्तै २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २१ हजार ६ सय ५३ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा पोजेटिभ देखिएको र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको थियो।
गत २४ घण्टाको अवधिमा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। देशभर ७०८ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा ५७६७ जना डिस्चार्ज भएका छन्।
कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु हुने व्यक्तिको सङ्ख्या बढिरहँदा नेपालमा “जनस्वास्थ्य विपद्” अवस्था घोषणा गर्नुपर्नेबारे बेलाबेला चर्चा हुने गरेको छ। एकथरीले त्यो घोषणा गरिए कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको दिशामा सरकारले चालेका वा चाल्ने कदम प्रभावकारी हुने बताउने गरेका छन् भने अर्कोथरीले त्यसको आवश्यकता नरहेको तर्क गर्ने गरेका छन्।
नेपालमा केही सातायता सङ्क्रमितहरू बढिरहँदा बिरामीहरूलाई अक्सिजनदेखि अस्पतालमा शय्यासम्म उपलब्ध गराउन हम्मेहम्मे भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कका अनुसार पछिल्लो समय दैनिक औसतमा आठ हजार सङ्क्रमित थपिने गरेका छन् भने १०० जनाभन्दा बढीको मृत्यु पुष्टि हुने गरेको छ।