सोमबार १८ मंसिर २०८०

खोटाङ, जनप्रतिनिधि तिनीहरु हुन जस्ले निस्वार्थ रुपमा जन्ताको सेवामा ज्यानको बाजिराखेर सेवा गर्छ्न । जस्को सब्द, विचारमा जति दम छ त्यो भन्दा बडि त कार्यशैलीमा । साच्चिकै जन्ताको प्यारो भएका छ्न खोटाङ स्थानीयस्तरका अर्थात गाउँपालिका प्रमुखहरुलाई सरकारी गाडीको सुबिधा छ । त्यही गाडीबाट हुईकिएर हिड्ने व्यवस्था छ उनीहरुलाई । तर, राज्यबाट प्राप्त त्यही सवारी साधन अहिले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईभने यो अहिले गाडीमा आफूमात्र चढ्दैनन् । आफ्नो सुबिधाका लागि आएको गाडी पालिकाभित्र संक्रमितहरुको रेखदेख र उपचारस्थलसम्म लैजाने कार्यमा अध्यक्ष राईले आफै चालक बनेर प्रयोग गर्दै आएका छन् ।

अध्यक्ष राई आफूले पाएको सुबिधा भोट दिने जनताहरुको पीडामा मलन हाल्न प्रयोग गर्दै आएका छन् । यती मात्र हैन गाउँमा संक्रमितहरु भेटिए सडक बिस्तार भइनसकेको ठाउँमा घरैमै गएर आफैले बोकेर गाडीमा हालेर अस्पतालसम्म लैजाने उनको आजभोली दैनिकी जस्तै बनेको छ ।

अधिकांस भौगोलिक बिकटता झेल्दै आएको दिप्रुङ चुइचुम्माका अशक्त र ज्येष्ठ नागरिकलाई अध्यक्षले ढाडमा गाडीसम्म ओसार्ने गर्छन् । ‘जनताले हामीलाई विस्वास गरेर चुनेका हुन्’ अध्यक्ष राईले भने, ‘उनीहरुलाई अप्ठ्यारो परेको बेला नै हो हामीले सहयोग गर्ने ।’ उनले जटिल स्वास्थ्य अवस्थाको यो पीडादायी परिस्थीतिमा जनता बचाउनु जनप्रतिनिधिहरुको दायित्व भएको बताए ।

अध्यक्ष राईका अनुसार सो पालिकामा रहेका अशक्त र बृद्धबृद्धालाई घरमै पुगेर एन्टीजेन परीक्षण भइरहेको छ । निषेधाज्ञाअघि खुल्ला अवस्थाका कारण अधिकांस काठमाडौंबाट आउजाउ भएकाले गाउँमा संक्रमण फैलिएको हुनसक्ने आशंकाले परीक्षण कार्यलाई तीब्रता दिइएको उनको भनाई छ । हिडडुल गर्न सक्नेहरुलाई सम्बन्धित वडा कार्यालयहरु परीक्षण गर्ने सेवा दिइएको छ ।

गाउँ टोलमा बिरामी भएको खबर समयमै पालिकामा नपुग्ने गरेकाले झन् पालिकाको तर्फबाट निगरानी बढाइएको अध्यक्ष राई बताउछन् । दिप्रुङ चुइचुम्माभित्र कुल ७ वडाबाट ट्रेसिङमार्फत सम्भावित देखिएका २५६ जनाको पीसीआर र एन्टिजेन परीक्षण् गर्दा ९३ जनामा संक्रमित देखिएका छन् । ५ जनाले कोरोना पराजित गरीसकेको पालिकामा एकजना एमबीबीएस डाक्टरसहित २ जना नर्स कार्यरत छन् ।

नेताहरुले भोट माग्नकै लागि मात्र जनताको घरमा आउने र जितेर गएपछि सर्वसाधरण घर बिर्सेर पनि नफर्किने आरोपलाई राईको सक्रियताले चिर्न मद्दत पुगेको छ । यति मात्र हैन कोरोना महामारीको समय आफ्नो ज्यान जोखिममा राखेर संक्रमित र बिरामीहरुको सेवामा तल्लीन पालिका अध्यक्ष राईको सराहनीय कार्यले घरमै थन्कीएर बसेका अधिकांस जनप्रतिनिधिलाई बलियो मुक्का सावित भएको छ ।


Last Updated on: June 9th, 2021 at 12:14 pm
४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया