आइतबार १४ जेठ २०८०

खुसीको खबर: ए’क्कासी घट्यो खानापकाउने ग्यासको मुल्य !
June 9, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो ।यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो । अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

काठमाडौँ – विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले रासससँग भने, “केही सहजीकरण भने पक्कै हुनेछ ।”**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ । आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै

गइरहेको तथ्याङ्कल देखाएको छ सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१ सङ्क्रमित निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे

उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 9th, 2021 at 12:16 pm
२४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया