बुधबार १० आश्विन २०८०

नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर, जसको पोल्टामा छ जहाज सुरक्षाको जिम्मा
June 9, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । विगत एक दशकदेखि नेपाल वायुसेवा निगममा सुनीरा रेग्मीले एक्ली महिला एरोस्पेस इन्जिनियर रहेर काम गरिरहेकी छिन्। खुला प्रतिस्पर्धाबाटै नाम निकालेर निगममा प्रवेश गरेकी रेग्मीले एक दशकसम्म लगातार कमाण्ड सम्हा लिन्, एक्ली महिला एरोस्पेस इन्जिनियरका रूपमा । उनी निगममा काम गर्न थालेको १२ वर्षपछि बल्ल एकजना महिला थपिएकी छिन्, उनको विभागमा ।

निगममा लामो समय एक्ली महिलाको रूपमा मात्रै होइन, रेग्मी नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर हुन् । नेपाल इन्जिनियरिङ काउन्सिलबाट सन् २००८ मा इजाजतपत्र लिँदा उनी नै पहिलो महिला थिइन् । काउन्सिलको रजिष्ट्रेसनमा महिलाको सूचीमा रेग्मी कै नाम अग्रपंत्तीमा छ । भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङ कलेज’मा आफ्नो ब्याचमा त्यो विषय पढ्ने एक्ली महिला थिइन्, सुनीरा रेग्मी ।

मास्टर्स पढ्दाताका कक्षामा पुरुषको बाहुल्य हुँदा झन्डै पढाइ छाडेकी थिइन् उनले । सुरुसुरुमा कक्षामा हँसि मजाककी पात्र पनि बन्थिन् । स्नातक पढ्दा ४४ जना पुरुषको भीडमा उनी एक्ली महिला थिइन् भने स्नातकोत्तर गर्दा पनि ६० जना पुरुष भएको कक्षामा उनी एक्ली महिला । तर, हार मानिनन् । ती दिनहरूकै कारण त आज उनी नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर छिन् ।

नेपाल वायुसेवा निगममा खुला प्रतिस्पधाबाटै छानिएर एक दशकसम्म एक्लै महिला रहेर काम गरिसकेकी छन् उनले । एरोस्पेस इन्जिनियरले के काम गर्छन् भन्नेबारे अहिले पनि धेरैलाई अनभिज्ञता हुन सक्छ। निगमकी सिनियर अपरेसन इनिजनियर रेग्मीका अनुसार जहाज उँड्दाउँड्दै इन्जिन बन्द भयो भने ‘क्रू मेम्बर’ लाई मार्ग दर्शन गर्ने काम हो, उनको । उनको निर्देशनअनुसार नै पाइलटले सिमुलेटरमा लगेर भेरिफाइ गर्छन् । जस्तो– अक्सिजन मास्क ड्रपआउट हुँदा के गर्ने, नयाँ ठाउँमा जानुअघि त्यस ठाउँको विश्लेषण गर्ने, जहाजमा लोड, फ्युल कति राख्ने भन्ने जिम्मेवारी उनीहरूकै हो ।

सर्भिसिङपछि गाडीको टेस्ट ड्राइभजस्तै जहाजको पनि टेस्ट फ्लाइट हुन्छ, जसमा यात्रु हुँदैनन् । त्यतिबेला उनीहरूकै टोलीसहित जहाजको टेस्ट फ्लाइट गरिन्छ । एरोस्पेस इन्जिनियरको मुख्य काम भनेको विमान र अन्तरिक्षयानको विकाससँग सम्बन्धित हुन्छ । यस भित्र पनि इन्जिनियरिङका दुई प्रमुख शाखाहरूको संयोजन छ । एक विमानसँग सम्बन्धित र अर्को अन्तरिक्षयानसँग । यो खबर नेपाल वाचमा कन्चन न्यौपानेले लेख्नु भएको छ ।


Last Updated on: June 9th, 2021 at 12:22 pm
५४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया