
सविताकै आमा र बहिनी उल्टै पक्राउ, घटनामा भयो सावित्राको इन्ट्री (भिडियो हेर्नुस्)
June 9, 2021 96
55
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी ववाल भएको छ । प्रहरीले केहीलाई पक्राउ समेत गरेको भिडियोमा देख्न सकिन्छ । घटनालाई प्रहरीले हलुका ढंगले लिएको र अनुसन्धान फितलो गरेको आरोप लगाउँदै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएको देखिन्छ । उनीहरुले नारावाजी गरेका छन् । प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको देखिएको छ ।
सो घटनामा कर णी विरुद्ध आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्रदर्शनमा सहभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका समुहका अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । सो क्रममा स्थानिय र सवितालाई न्याय दिलाउन भन्दै आन्दोलनमा लागेकाहरुले नारावाजी समेत गरेका छन् ।
चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।