
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो । त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।
आज भने एकदमै फरक ढंगबाट बिहे सम्पन्न भएको हामिले देख्यौ । अधिक्तम समय हामी बेहुलि बिदाईमा रुदै गर्दा बेहुलिलाई सम्हाल्दै बसेको देख्छौ तर यो बिवाहमा भने बेहुला प`टका प`ड्क एको देख्न सकिन्छ । हुनत बिवाह जिन्दगी एकपटक गरिन्छ दुखि किन पो हुनुछर ।खैर बैवाहिक नव-जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना । हेर्नुस् तलको भिडियो –