शुक्रबार ०५ आश्विन २०८०

धनकुटामा कोरोनाबाट एकै परिवारका आमा, एक छोरा र एक छोरीको नि ध न
समाचार
June 9, 2021AdminLeave A CommentOn धनकुटामा कोरोनाबाट एकै परिवारका आमा, एक छोरा र एक छोरीको नि ध न
कोरोना संक्रमणका कारण धनकुटामा एक महिनाको अवधीमा एकै घरमा तीन जनाको मृत्यु भएको छ । जसमा आमा, एक छोरा र एक छोरी छन् ।

आमा बितेको ठीक एक हप्तामा धनकुटा नगरपालिका वडा नं. ६ निवासी विश्वप्रकाश श्रेष्ठको मंगलबार निधन भएको छ । श्रेष्ठको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कोरोना संक्रमणकै कारण श्रेष्ठकी ९४ वर्षीय आमा शौभाग्यदेवी श्रेष्ठको जेठ १८ गते मात्रै मृत्यु भएको थियो भने बैशाख २४ गते उनकी दिदी बिजयाश्री श्रेष्ठको मृत्यु भएको थियो ।

स्व. श्रेष्ठ नेपाल राष्ट्रिय अभिभावक संघ धनकुटाका सल्लाहकार, तरुण दल धनकुटाका संस्थापक अध्यक्ष, धनकुटा क्याम्पसका प्राद्यापक संघका पूर्व सभापति समेत थिए । धनकुटा बहुमुखी क्यापसका राजनीतिक शास्त्रका पूर्व प्राध्यापक थिए ।

२०५४ सालमा भएको धनकुटा नगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । २०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं ६ वीचबजार धनकुटामा जन्मनु भएका स्व श्रेष्ठको श्रीमती दुई छोरा र एक छोरी छन् ।


Last Updated on: June 9th, 2021 at 3:42 pm
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया