
विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्।अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेलाई समेत कोरोना पुष्टि भएपछि उनीहरु सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए।
जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन। दीपक उपचारकै क्रममा चिकित्सकको निगरानीमा थिए। तर, श्रीमती रोस्तीको निधन भएको २४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे। ***थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला ***